१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022


असोज २९ ,

Advertisement

सुर्खेत गते । कर्णाली प्रदेशमा ५२ प्रतिशत वालबिवाह हुने गरेको तथ्याड्डले देखाएको छ । प्रदेशमा ५२ प्रतिशत वालबालिकाले २० वर्षमुनि बिवाह गर्ने गरेका छन् । राष्ट्रिय जनगणना २०५८ का अनुसार सबैभन्दा बढी १५ देखि १९ वर्ष उमेर समूहका वालबालिकाले कम उमेरमा बिवाह गर्ने गरेका छन् । सबैभन्दा बढी रुकुमपश्चिममा ७१.५ प्रतिशत र सबैभन्दा कम डोल्पामा ४९.९५ प्रतिशत रहेको छ ।

पछिल्लो पटक वालबिवाह न्यूनीकरणका अभियानले संचालन गरिए पनि वालबिवाह गर्ने स्वरुप परिर्वतन मात्र भएको अधिकारकर्मी बताउँछन् । अभिभावकहरुले भन्दा पनि बालबालिका आफूखुशी बिवाह गर्ने गरेको अधिकारकर्मीहरुको भनाइ छ । बुधबार वीरेन्द्रनगरमा किर्डाक नेपालले आयोजना गरेको बाल कचहरीमा बोल्दै बालअधिकारकर्मी बाले बिश्वकर्माले कर्णालीमा ९० प्रतिशत बालबालिकाले आँफै बिवाह गर्ने गरेको बताउनुभयो । मानसिक तथा शारीरिक रुपमा परिपक्क नभई बिवाह गर्दा बालबालिका शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा पछि परेको उहाँको भनाई छ ।

बालबिवाह बढ्दै जाँदा किशोरी आमाहरुको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षको अवधिमा ४० हजार ९६१ किशोरी २० वर्षमुनिका रहेका छन् । सानै उमेरमा बिवाह गर्दा स्वास्थ्य, शिक्षालगायतका अवसरबाट बञ्चित रहेको अधिकारकर्मी बिश्वकर्माले बताउनुभयो ।आर्थिक विपन्नता, अशिक्षा, सामाजिक तथा सांस्कृतिक चलनले बालविवाह बढ्दै गएको उहाँको भनाई छ । बाल संरक्षणको संगठनात्मक संरचना नहुनु र कानुन प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा पनि बालबिवाह हुने गरेको उहाँले बताउनुभयो ।

बालबिवाह न्यूनीकरणका लागि प्रदेश सरकारले रणनीति योजनाहरु बनाएर स्थानीय सरकारमार्फत अभियानहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले बालबिवाह न्यूनीकरणमा प्रदेश सरकार लागि परिरहेको बताउनुभयो । उहाँले विशेष गरेर छोरीहरु जोखिममा पर्ने गरेकाले प्रदेश सरकारले छोरीको शिक्षामा र संरक्षणमा केन्द्रित नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । प्रदेश सरकारले छोरीबुहारी छात्रवृत्ति, छोरीको बैँक खातालगायतका कार्यक्रम ल्याएको छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बालविवाह सबैका लागि चुनौतीको विषय भएकाले यसको न्यूनीकरणका लागि अभियान संचालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा योजना बनाएर नै बालबिवाह न्यूनीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बालअधिकारकर्मी हीरा सिंह थापाले बालबिवाह न्यूनिकरणमा सबैभन्दा बढी जिम्मेवार स्थानीय तहमा हुनुपर्नेमा जोड दिनुभयो । कहीँ बालबिवाह भएको छ भने बिवाहमा सहभागी हुनुभन्दा पनि बहिष्कार गर्न सक्यो भने न्यूनिकरण हुनसक्ने उहाँको भनाइ छ ।- मुना हमाल/गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा दसैंको मुखमा नक्कली नोटको बिगबिगी रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ