ताजा अपडेट »

जनप्रतिनिधि र स्थानीयलाई पढाउन गाउँमा शसस्त्र प्रहरी

मंगलबार, १५ माघ २०७५, १४ : १३
8 Shares

माघ १५,
गुल्मी । गुल्मीमा शसस्त्र प्रहरी बल गुल्मी इस्मा गाउँपालिकामा जनप्रतिनिधी र स्थानीयललाई बिभिन्न बिषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुलाई साइबर अपराध र बिपद सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको प्रहरीले जिल्लाको गाउँपालिकाहरु पुगेर जनप्रतिनिधि र स्थानीयलाई बिपद् व्यवस्थापन, लागुऔषध र अग्नी निवारण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।


प्रहरीले मंगलवार जिल्लाको इस्मा गाउँपालिकाको रामराज्य माबिमा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री लगायत बिभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारी,समाजसेवी, बिभिन्न क्लव आमा समुह लगायतको उपस्थिती रहेको थियो । सदरमुकाममा रहेका बिद्यालयहरुमा सचेतना कार्यक्रम सम्पन्न गरेको शसस्त्र प्रहरीले अभियान प्रभावकारी भएको भन्दै स्थानियबाट सुझाव आएसँगै ग्रामीण बस्तीहरुमा पनि सञ्चालन गरिएको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए ।


जनचेतना मुलक कार्यक्रममा बिपद भनेको के हो, बिपद आउँदा कसले के भुमिका निर्वाह गर्ने, विपदको समयमा आफुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र बिपदको समयमा अपनाउन सकिने संयमताको बिषयमा डिएसपी रायमाझीले जानकारी गराएका थिए । उनले गत २०७२ साल बैशाख १२ मा गएको भुकम्पको समयमा शसस्त्र प्रहरीले निभाएको भुमिका, बिपदको समयमा सुरक्षाकर्मीको मात्र भर नपरी सबैले आफ्नो आफ्नो तवरबाट सहयोग गरेको खण्डमा सजिलै उद्धार गर्न सकिने समेत उनको भनाइ थियो ।


उनले स्थानियलाई लागु औषधको वढदो प्रयोग, यसले समाजमा पार्ने असर को असर कसरी नियन्त्रण गर्ने जस्ता बिषयहरुाम ,समेत सचेतना मुलक प्रस्तुतिहरु दिइएको थियो । शान्ति सुरक्षामा खटिने प्रहरी निश्वार्थ भावनाले गाउँगाउँमा पुगेर जनप्रतिनिधी,आमा समुह, स्थानिय अगुवालाई राखेर लागु औषध, बिपद ब्यवस्थान, अग्नी निवारण सम्बन्धी कार्यक्रम गरेकोमा गाउँपालिका उपप्रमुख बिमला खत्रीले धन्यवाद दिइकी थिइन् ।

उनले यस्ता कार्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने बताइन् । शसस्त्र प्रहरीले जनप्रतिनिधी र स्थानियलाई दिइएको जचेतना मुलक प्रशिक्षणमा बिपदको बेला सबैभन्दा पहिले जुन ठाउँमा रहेका स्थानिय नै अगुवा स्थानमा रहेकाले पूर्व तयारी बारे मुख्य उदेश्य रहेको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए । सहभागीहरुलाइ बिभिन्न अडियो तथा भिडियो क्लिप्सको सहयोगबाट प्रष्ट पारीएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।