२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको संचार विधेयक संचारमैत्री बन्ने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको संचार विधेयक संचारमैत्री नभएको भन्दै फिर्ताका लागि विभिन्न क्षेत्रबाट विरोध भइरहेको बेला मन्त्री शर्माले भने संचार विधेयक संचारमैत्री बन्ने बताउँदै प्रतिवद्धता समेत गरेका छन् ।

Advertisement

मंगलबार सञ्चारिका समूह नेपाल, रुपन्देहीको ११ औँ साधारणसभा तथा अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चार विधेयकमा समावेश हुनुपर्ने सबै विषयहरु समेटेर विधेयकलाई संचारमैत्री बनाइने बताए ।

पत्रकारहरुका भावनाहरु, विचारहरु, सुझावहरु, सल्लाहहरुलाई समेटेर सञ्चार जगतलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी सञ्चार विधेयक बनाइने बताए । सञ्चार जगत सबैको आँखा भएकाले विधेयक सबैले प्रशंसा गर्ने गरी निर्माण हुने कुरामा सबै सञ्चारकर्मीहरु ढ्ुक्क हुनका लागि समेत मन्त्री शर्माले आग्रह गरेका छन् ।

सो अवसरमा बोल्दै नेपाल पत्रकारमहासंघ लुम्बनीका महासचिव बिक्रम खड्काले प्रदेश सभामा प्रस्तुत विधेयक फिर्ता हुनु पर्ने बताए । प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्ने गरि ल्याइएको विधेयकले पत्रकारहरु समाचार लेखेकै भरमा जेल जानू पर्ने उल्लेख गरिएको भन्दै गुनासो गरे । महासचिव खड्काले सञ्चारिका समूहले महिलाहरुलाई सञ्चार क्षेत्रमा संगठित गर्नुका साथै नयाँ पुस्तालाई समेत आकर्षित गरेको उल्लेख गरे ।

पत्रकारमहासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सञ्चारिका समूहले महिला पत्रकारहरुलाई संगठित गरेको भन्दै उनीहरुको क्षमता बिकासमा समेत भूमिका खेल्न आग्रह गरे । पेसालाई मर्यादित बनाउँदै नयाँ पुस्तालाई आर्षित गर्नेकाममा महासंघको सधै साथ रहने उल्लेख गरे । सञ्चारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाणडेले महिला पत्रकारहरुको क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताइन् ।

सामाजिक रुपमा महिलाहरुप्रति गरिने व्यवहार अहिले पनि परिवर्न नभएको गुनासो गर्दै पाण्डेले त्यसका विरुद्ध सञ्चारिका समूह लागिरहेको उल्लेख गरिन् । अधिवेशनको अवसरमा समूहले सञ्चारिका समूह लुम्बिनी प्रदेशकी महासचिव अमृता अनमोललाई सम्मान गर्ने घोषढा गरेको छ । सञ्चारिका समूहको स्थापना, संगठन विस्तार र विकासमा सहयोग गरेको भन्दै सम्मान गरिएको रुपन्दी अध्यक्ष निरा गौतमले बताईन । आगामी नयाँ नेतृत्व चयन गर्ने गरि भएको अधिवेशनले सहमतीमै नयाँ नेतृत्व पाउने उपाध्यो मिना ढकालले बताइन ।

अन्य संघ(संस्थाहरुमा जस्तो नेतृवका लागि विवाद तथा प्रतिस्पर्धा नहुने बताउँदै उनले आपसी सहतीमै नेतृत्व टुङ्गो लाग्ने बताएकी हुन् । कार्यक्रमको सञ्चालन अस्मीना पाण्डेले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार