ताजा अपडेट »

अदालतले सुकीको मुद्दामा फैसला सुनाउन स्थगित

मंगलबार, १४ मंसिर २०७८, १४ : ०९
4 Shares

नेपिडाउ, म्यानमार । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उहाँलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ । दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दैै गत फेबु्रअरीमा सैन्य कू भएको थियो । यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो ।

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए । दश हजार भन्दा बढी पक्राउ परेका छन् । अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो । यस मुद्धा साबित भएका सुकीलाई तीन वर्षको जेल सजाय हुनेछ । यस मुद्धाको फैसलालाई डिसेम्बर छ सम्म स्थगित गरिएको सम्बन्धित स्रोतले जानकारी दिएको छ ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिलहरूलाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ । मंगलबार बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी संवाददाताले जानकारी दिएका छन् । अदालतको कोठा अदालतको फैसलाका लागि पत्रकारहरूका लागि सीमित रहनेछ, जुन्ता सरकारका प्रवक्ता जाव मिन टुनले एएफपीलाई बताउनु भएको छ । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।