ताजा अपडेट »

बालमैत्री नगर घोषणा पूर्व तिलोतमा र्याली

मंगलबार, १४ मंसिर २०७८, १२ : ४२
8 Shares

बुटवल । ‘बाल शोषण अन्तय गरौँ बिहेवारी २० बर्ष पारी बाल श्रम अन्तय गरौँ असल समाज निमाण गरौँ’ भन्ने प्लेकार्डसहित तिलोत्तमा नगरपालिका–३ ले र्याली गरेको छ । तिलोत्तमा नगरपालिकाले हालै बालमैत्री नगर घोषणाको तयारी गरिरहेका बेला तिलोत्तमा–३ ले आफ्नो वडाभरी जनचेतना मुलक र्याली गरेको हो ।

सोमबार बिहान आफ्नै वडा कार्यालयबाट प्लेकार्डसहित सुरु र्यालीमा वडाका जनप्रतिनिधी विभिन्न टोल विकास समितीहरु बिद्यार्थीहरुको सहभागीतामा जनचेतना मुलक र्याली गरिएको वडा सदस्य घनश्याम पौडेल रामुले बताए जनचेतना मुलक र्यालीको समापन गर्दै वडाध्यक्ष टक तिवारीले नगरले घोषणा र्गनु अगाडी वडाले बालमैत्री वडा घोषणा गर्नेे बताए ।

बालबालिकालाई काममा हैन शिक्षामा ध्यान दिनु जरुरी रहेको भन्दै आजका बालबालिका भोलीका देशका कणधार हुन त्यसैले हामी सबै मिलेर असल समाजको निमाण र्गन सुनिश्चित बाल अधिकार आजको आवश्यकता रहेको अध्यक्ष तिवारीले बताए ।

बालमैत्री कार्यक्रमकी फोकल प्रशन गिता देबी सापकोटाले उमेर नपुगेका बालबालीकालाई काम लगाउनु शिक्षाबाट बन्चीत गराउनु अपराध गनु तस्तै भएको भन्दै अबका दिनमा तिलोतमा नगरभित्र कोही कसैले बालबालीकालाई शोषण गरेको पाइए नगरपालिकाले त्यसको बिरुद्ध एकशन लिने सापकोटाले बताईन कार्यक्रम्मा बडा सचिब गोकुल गिरी बडा सदस्य घनश्याम पौडेल रामु लगाएतले सुभकामना दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।