२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

ताप्लेजुङ । माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयत्रीको संख्या बढेको छ ।

Advertisement

धरानको भेडेटारबाट दसैंयता ७० उडान (फ्लाइट) भएको छ । जसमा चार सय ५० जना तीर्थयात्री भेडेटारदेखि पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एन्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताए । बिहान बिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारबासीको बिहान सबेरै उठ्ने बानी विकास हुँदै गएको ताप्लेजुङका स्थानीय चितेन लिम्बूले बताए ।

सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू रोसार आएको पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । धरानबाट ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एन्ड टुर्सका मार्केटिङ म्यानेजर श्रेष्ठ बताए । यो वर्ष हेलिकोप्टरमा चढेर पाथीभरा जाने यात्रुको संख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एन्ड टुर्सले जनाएको छ । यात्रुका हिसाबले एकपटकमा पॉचजना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा एक लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

फुङलिङबाट १० हजार पॉचथरको फिदिमबाट २२ र इलामको कन्यामबाट ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बूले बताए । काठमाडौंबाट सिधै आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए । तर हेलिकोप्टरबाट कति संख्यामा तीर्थयात्री आए तथ्यांक राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ । ‘हामीले पैदल हिँडेर जानेको तथ्यांक राख्ने गरेका छौं, हेलिकोप्टरबाट आउनेको छैन’, काफ्लेले भने ।

दसैंको नौरथा सुरु भएको २१ असोजदेखि १४ मंसिरसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको पाभीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ ।

पाथीभरामा तीर्थयात्रीले चढाएको आठ करोड रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा क्षेत्र विकास समितिमा ९सरकारद्वारा गठित समिति० चालू आव २०७८को असार मसान्तसम्म तीन करोड २७ लाख ३० हजार सात सय ५८ रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्बर्द्धन समितिमा ९समुदायस्तरमा गठित समिति० तीन करोड ३३ लाख ३५ हजार दुई सय सात रुपैयाँ छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कुल आठ करोड भेटी संकलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार