२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२१–२२ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोवाइल भ्यान सम्म छन् ।

Advertisement

रोटरी क्लव अफ बुटवलको २९ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान, बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाईट जडान र खानेपानी व्यवस्थापन परियोजना गरी चारवटा परियोजना अघि बढेको अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्न लागिएको क्यान्सर स्क्रिनिङ सेन्टर मेगा प्रोजेक्टको रुपमा रहेको क्लवले जनाएको छ । “यो करिव १० करोड रुपियाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे २ करोड लगानी हुँदैछ”–उनले भने । क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना भएपछि विशेषगरी महिलाहरुलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए ।

त्यसैगरी ब्लड कलेक्शन मोवाईल भ्यान खरीदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय टाटा कम्पनीसँग करिव ६५ लाखको लागतमा भ्यान खरीदको प्रक्रिया अघि बढेको र अव छिटै नै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको अध्यक्ष उपाध्यायले बताए । मोवाईल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै ब्लड कलेक्शन गरेर निश्चित तापत्रलममा राख्न सकिने व्यवस्था समेत भएकोले निकै नै भरपर्दो हुने छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाभित्र रोटरीले ट्राफिक लाईट जडानको प्रक्रिया पनि सुरु गर्दै छ । करिव ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानँ गर्ने उपाध्यायले बताए । यसका अतिरिक्त गरीव तथा विपन्न नागरिकको बस्ती पहिचान गरी खानेपानी परियोजनाको काम अगाडि बढाउने रोटरीको तयारी छ ।
पत्रकार सम्मेलनमा रोटरी क्लव अफ बुटवलको बुधबार हुने २९ औं चार्टड नाइटका बारेमा पनि जानकारी गराइएको थियो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजूको प्रमुख आतिथ्यमा हुने चार्टड नाइटको तयारी पूरा भएको रोटरी क्लव अफ बुटवलले जानकारी गराएको छ ।

कार्यक्रमबारे जानकारी दिंदै अध्यक्ष उपाध्यायले चार्टड नाइटका अवसरमा विभिन्न पदक, पुरस्कार र छात्रवृत्ति वितरणको कार्यक्रम पनि राखिएको बताए । कार्यक्रमकै अवसरमा सञ्चारकर्मीहरु मध्येबाट एकजनालाई पत्रकारिता पुरस्कार, पत्रकार अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने पत्रकारिता छात्रवृत्ति, नरेन्द्रतेज दृष्टिबिहीन विद्यार्थी अक्षयकोष, द्रव्यचन्द्र दृष्टिबिहीन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रस्ट लगायतका अक्षयकोषबाट विभिन्न विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।

पत्रकार सम्मेलनमा रोटरी क्लव अफ बुटवलका निवर्तमान अध्यक्ष सुनिल श्रेष्ठ, सचिव खिमनाराण पराजुली लगायतले विभिन्न विषयमा प्रकाश पारेका थिए । विभिन्न सामाजिक कार्यक्रममा सक्रिय रहँदै आएको रोटरी क्लव अफ बुटवलले बिगतमा विद्यालयमा आर्थिक सहयोगदेखि लिएर स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार, खेलकूद लगायत विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छ ।

रोटरी क्लव अफ बुटवलले समय समयमा सामाजिक जनचेतना र्याली, सभा गोष्ठी, अन्तक्र्रिया गर्दै आएको तथा गरिव र दैवी प्रकोप पीडितहरुको लागि समयसमयमा मानवीय उद्दारका कार्यहरु पनि गर्दै आएको सचिव खिमनारायण पराजुलीले बताए । स्थापनाकालमा ६५ जना सदस्य संख्याबाट सुरु भएको रोटरी क्लव अफ बुटवलमा अहिले सदस्य संख्या वृद्धि भई ११५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर