१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

सिड्नी । अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा अ‍ागो लागेपछि एक महिला पक्राउ परेकी  छन् । अस्ट्रेलियाको  क्विन्सल्यान्डस्थित एउटा होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन् । अ‍ाफू बसेको होटलको बेडमा अ‍ागो लगाएको उनीमाथि अ‍ारोप लागेको छ । उनी अ‍ाइतबार दुइ बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी  थिइन् । 

अ‍ागो लागेपछि १६० जनालाइ होटलबाट बाहिर  निकालिएको  थियो । अ‍ागलागीमा कोही पनि घाइते भएका छैनन् । अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला अ‍ागलागीको घटना सार्वजनिक भएको हो । अ‍ोमिक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । यसलाइ  विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ । भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया,  जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ । 

कोभिड  नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगकाे  सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको  थियो । नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन् । -एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य