२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी अष्टकुमार कवेलाई ११३ मतले पछि पार्दै थापा सभापति बनेका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय थापाले ५५५ मत पाउँदा कवेले ४४२ मत मात्र पाएका छन् । कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकट हुन् ।

Advertisement

जिल्ला कार्यसमितिमा थापा पक्षीय उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा विजेश अवाल र उर्मीला वन निर्वाचित भए । अवालले ५५९ र वनले ५१४ मत प्राप्त गरे। सचिवमा सुशील बस्नेत ५५२ र राजेश खड्का ४८५ मतका साथ निर्वाचित भए । सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले निर्वाचित भए । अधिकारीले ५७४ र न्यौपानेले ५१४ मत प्राप्त गरेका छन् ।

जिल्ला सदस्यमा थापा समूहबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ, राजेश मानन्धर, ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापा मगर, रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला विजयी भएका छन् । त्यस्तै, कल्पना लामिछाने, प्रेम खत्री, रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ, रामप्रसाद धौवञ्जार,सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, मनिता नेपाली, सशी बस्नेत र राम दिनेशलाल कर्ण निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा कवे समूहका उमेशकुमार खड्का निर्वाचित भए ।

प्रतिकृया दिनुहोस्

Flash News

निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय