२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । १ करोड ७६ लाख ५४ हजार रुपैयाँमा तीन तले पक्की भवन बनाएको हो । आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरिएको भवन सोमबार गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी)ले रिवन काटेर उद्घाटन गरे ।

Advertisement

हालसम्म केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको तत्कालीन गाविस र पृथ्वी माविको जीर्ण भवनलाई मर्मत गरेर सेवा प्रवाह गर्दैआएको गाउँपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए । भवनमा एउटा सभा हलसहित १३ वटा प्रशासनिक कोठा छन् । 

आठ स्थानीय तहले बनाए आफ्नै भवन 
खोटाङका १० स्थानीय तहमध्ये आफ्नै प्रशासनिक भवन बनाउनेको संख्या आठ पुगेको छ । निर्वाचनपछि कार्यान्वयनमा आएको स्थानीय तहमध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जन्तेढुंगा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाइसकेका छन् ।

साकेला गाउँपालिकाको भवन निर्माणाधीन छ भने ऐसेलुखर्क गाउँपालिकाको भवन अलपत्र अवस्थामा छ ।

ऐसेलुखर्क गाउँपालिकाले हाल भाडामा लिएको घरबाट सेवा सञ्चालन गरिरहेको छ । साकेला गाउँपालिकाले हाल कृषि तथा पशु सेवा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।-न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह