ताजा अपडेट »

एमाले महाधिवेशन : 'भोट हाल्ने/नहाल्नेको सूची बाँडेको विषयमा औपचारीक उजुरी छैन'

मंगलबार, १४ मंसिर २०७८, १० : १३
2 Shares

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । उम्मेदवारहरू मत माग्नमा व्यस्त छन् । यसबीचमा उम्मेदवार र तीनका प्रतिनिधिहरूले भोट हाल्ने र नहाल्ने उम्मेदवारहरूको सूची तयार गरेर बाँडिरहेका छन् । ओली पक्षको उम्मेदवारहरूले भीम रावल पक्षका उम्मेदवारलाई भोट नहाल्न सूची नै बनाएका छन् ।

कतिपय उम्मेदवारले निर्वाचन आचारसंहिताविपरित पर्चा पनि बाँडिरहेका छन् । अध्यक्ष पदका उम्मेदवार भीम रावलले आचारसंहितविपरित आफूहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको थाहा पाएपछि आपत्ति जनाएका छन् ।  

भोट हाल्ने र नहाल्ने उम्मेदवारको सूची बनाएर बाँडेको विषयमा कुनै औपचारीक उजुरी नआएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए । 

‘हाम्रो परिसरमा देखेका जतिलाई निषेध गरेका छौँ र जफत पनि गरेका छौँ । बाहिर कहाँ के भइरहेको छ भनेर हामीकहाँ औपचारीक रूपमा उजुरी आएको छैन’, उनले भने । बाहिर गएर हेर्दा धेरै पर्चा बाँडेको र बदमासी गरेको नदेखिएको उनले दाबी गरे । 

भिजिटिङ कार्डको साइजमा हुने गरी प्रचारको कार्ड बनाउन दिइएको तर त्यो भन्दा ठूलो साइजलाई निषेध गरिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।