ताजा अपडेट »

एमाले महाधिवेशन : साढे १६ सयले मतदान गरे, मतदानकाे समय थप्ने तयारी

मंगलबार, १४ मंसिर २०७८, १० : ०५
6 Shares

चितवन । मंसिरनेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । 

महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेकाे निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए । 

साेमबार राति २ बजेबाट मंगलबार बिहान ८ बजेससम्मका लागि मतदानकाे समय ताेकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएकाे थियाे । जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयाेगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएकाे छ । 

दाहालका अनुसार बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएकाे छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।