ताजा अपडेट »

माओवादी अध्यक्ष प्रचण्ड आज बुटवल आउँदै

मंगलबार, १४ मंसिर २०७८, ०८ : ३०
4 Shares

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रूपन्देही आउन लागेका छन् ।

एक साताअघि सडक दुर्घटनामा मृत्यु भएका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’को श्रद्धाञ्जली सभामा सहभागी हुन पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड आउन लागेका हुन् ।

प्रचण्ड बन्जाडेको घर रहेको बुटवल जितगढीमा श्रद्धाञ्जली सभामा जाने र त्यसपछि तिलोत्तमामा आयोजित पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने नेता निर्मल जिसीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।