ताजा अपडेट »

मणि उजेशमा पदस्थापन तथा पदहस्तान्तरण

सोमबार, १३ मंसिर २०७८, २० : १६
6 Shares

बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेशले आफ्नो पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष सन् २०२०/२१ का अध्यक्ष सोनाल गरुङ्गले वर्ष सन् २०२१/२२ का अध्यक्ष प्रविना घिमिरेलाई पद हस्तान्तरण गरेका हुन् । लायन्स क्लव ईन्टरनेशन ३२५ बी टुका गर्भनर रामप्रसाद भट्टले मणि उजेशको नयाँ नेतृत्वलाई पदस्थापन गराउँदै बधाई तथा शुभकामना दिएका थिए।

उनले समाज रुपान्तरणका लागि सचेतना महत्वपुर्ण कडि भएको उल्लेख गर्दै गर्भनर भट्टले समाजिक तथा सामुदायिक सचेतनाको क्षेत्रमा कृयाशिल हुन र नेतृत्व विकास गर्न लायन्स सदस्यहरुलाई आग्रह गरे ।

मणि उजेश २०२०÷२१ का अध्यक्ष सोनाली गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सेकेन्ड डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, पाष्ट गर्भनर अरुणप्रताप राणा, महेन्द्रनारायण श्रेष्ठ, सुनिल वझा, डिष्ट्रिक चिफ एड्भाईजर उमंग देवकोटा, सन्दिप कसौधन, मणि उजेशका पुर्व अध्यक्ष सृष्टि गुरुङ्ग, नेहा अग्रवाल, मणि कार्यक्रम संयोजक रितु गुरुङ्ग लगायतले नव निर्वाचित मणि उजेशका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

सचिव शान्ता शर्माको संचालनमा भएको कार्यक्रममा क्लवलाई सामाजिक, आर्थिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने ब्यक्ति तथा संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन सँगै सम्मान समेत गरिएको थियो । यस्तै सोही कार्यक्रमको अवसर पारेर लायन्स क्लव अफ बुटवल फ्लोरेन्सको चार्टड प्रिजेन्टेशन कार्यक्रम समेत गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।