ताजा अपडेट »

एनआरएन निर्वाचन : ११ जना निर्विरोध निर्वाचित (नामावलीसहित)

बुधबार, २९ असोज २०७६, १७ : १८
16 Shares

असोज २९ ,

काठमाडौं । काठमाडौंमा जारी गैर-आवासीय नेपालीको नवौं सम्मेलनले ११ जनालाई निर्विरोध निर्वाचित गरेको छ । राजधानी काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएन) को सम्मेलनले आगामी २ वर्षका लागि ११ वटा पदमा विभिन्न व्यक्तिलाई निर्विरोध निर्वाचित गरेको हो । निर्विरोध निर्वाचित हुनेमा क्षेत्रीय संयोजक, उपसंयोजक, महिला र युवा संययोजक रहेका छन् । सम्बन्धित पदमा धेरै उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

निर्विरोध निर्वाचित हुने व्यक्तिको नामावली :

१. टंककुमार ठाकुर, क्षेत्रीय युवा संयोजक (युरोप)

२. योगिता कुमारी थापा, क्षेत्रीय महिला संयोजक (युरोप)

३.जानकी पौडेल, क्षेत्रीय युवा संयोजक (ओसेनिया)

४.राजु रेग्मी, क्षेत्रीय युवा संयोजक (मध्यपूर्व)

५. सुमित्रादेवी पौडेल, क्षेत्रीय महिला संयोजक (मध्यपूर्व)

६. प्रविन गुरुङ, क्षेत्रीय संयोजक (मध्यपूर्व)

७. राजेन्द्र अर्याल, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व)

८. मनोजकुमार श्रेष्ठ, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व)

९. बिमल सापकोटा, क्षेत्रीय युवा संयोजक (अमेरिका)

१०. मनकला विष्ट, क्षेत्रीय महिला संयोजक (अफ्रिका)

११. रोशन थापा, क्षेत्रीय संयोजक (अफ्रिका)

सम्मेलनले ११ पदमा निर्विरोध निर्वाचित गरेपछि बाँकी ३० पदका लागि मात्रै निर्वाचन हुने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।