ताजा अपडेट »

थप २५९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

सोमबार, १३ मंसिर २०७८, १६ : ४९
8 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २३१ र एन्टिजेन विधिबाट २ हजार ६५७ जनामा परिक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २१ हजार १२१ र एन्टिजेनबाट ९५ हजार ४८८ जना पुगेको छ । यस्तै, आज थप २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ जना पुगेको छ । निको हुने दर ९७।७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५२४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।