२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि लुम्बिनी प्रदेशबाट सबै ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् ।

Advertisement

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जनकारीअनुसार लुम्बिनी प्रदेशको नाै वटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नाै कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध हुने भएका हुन् ।  

लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ तथा महिलातर्फका तीन गरी नाै कोटामा नाै जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने भएका हुन् । जसअनुसार लुम्बिनी प्रदेशबाट खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्विरोध रुपमा केन्द्रीय कमिटीमा पुग्ने भएका हुन् ।

महिलातर्फका तीन कोटामा मेनका पोखरेल, सरिता खनाल (भुसाल) र सावित्रा अर्याल केन्द्रीय कमिटी सदस्यका लागि निर्विरोध हुने भएका हुन् । एद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन । 

प्रतिकृया दिनुहोस्

Flash News

प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो