११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

Advertisement

चितवन । एमाले महाधिवेशनको आयोजक जिल्लासमेत रहेको चितवनबाट केन्द्रीय सदस्यका लागि १५ जनाले आकांक्षा देखाएका थिए । अध्यक्षा ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यमा महाधिवेशन व्यवस्थापनको महिला कमान्डर एमाले चितवनकी अध्यक्ष पार्वती रावलसहित १० जना परेका छन् ।

बागमती प्रदेशतर्फबाट रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादल र सहसंयोजक सुरेन्द्र पाण्डेलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ । 

एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशिनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगर प्रमुख प्रभा बरालको नाम ओलीको प्रस्तावमा समेटिएको छ । त्यसैगरी, दलित महिलाबाट शिवकुमारी गोतामेको नाम पनि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ ।

उनीहरूले निर्वाचनका लागि मनोयन पत्र दर्ता गरिसकेका छन् । केन्द्रीय कमिटी सदस्यका आकांक्षी सांसद कृष्णभक्त पोखरेललगायत पाँच जनाको नाम भने ओलीको प्रस्तावित सूचीमा पर्न सकेनन् । पोखरेल दुई पटकसम्म केन्द्रीय सांसद भइसकेका एमाले चितवनका पूर्वअध्यक्ष हुन् ।

त्यस्तैगरी, बागमती प्रदेशका सांसद दावादार्जे लामा, विजय सुवेदी, रत्ननगर नगरप्रमुख नारायण वन र जिल्ला पूर्वअध्यक्ष हरि सापकोटा पनि परेनन् । ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यको सूचीमा आफ्नो नाम नपरे पनि आफूले छुट्टै मनोनयन पत्र दर्ता गरेका छैनन् । 

केन्द्रीय कमिटी सदस्यमा खुलातर्फ ८४ जनाको कोटामा ८५ जना र महिलातर्फ ५३ जनाको कोटामा ५४ जनाको मनोनयन पत्र दर्ता भएको छ । केन्द्रीय कमिटी सदस्यमा सहमतिको प्रयास भइरहेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट