१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

चितवन । एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नसकेको छैन । 

Advertisement

निर्वतमान अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यका आकांक्षीको भन्दा बढी मनोनयन परेपछि निर्वाचन समितिलाई थप भएका उम्मेदवारको नाम फिर्ता लिन लगाएर मात्र उम्मेदवारको सूची सार्वजनकि गर्न दबाब परेको छ । 

निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षमा दुई जना, उपाध्यक्षमा सात जना र सचिवमा नौ जनाको मनोनयन परेको छ । केन्द्रीय सदस्यमा भने तोकिएको भन्दा निकै बढीको मनोनयन परेको उनले बताए । 

उम्मेदवारको सूची सार्वजनिक गर्नुअघि उपाध्यक्षका एक जना र सचिवका दुई जना प्रत्यासीलाई मनोनयन फिर्ता लिन नेतृत्वले दबाब दिइरहेको छ । त्यसैगरी, केन्द्रीय सदस्यका आकांक्षीलाई पनि फिर्ताको दबाब परेका कारण निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएकाको सूची सार्वजनिक गर्न नसकिएको जनाएको छ । 

निर्वाचन समितिले १० बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।  

प्रतिकृया दिनुहोस्

Flash News

नगरवासीका गुनासो सुन्न तिलोत्तमामा ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग भ्रष्टाचारले व्यवस्थालाई नै पदभ्रष्ट तुल्यायो : पूर्वराजा ज्ञानेन्द्र