११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १८ वर्ष माथिका सबै नागरिकलाई सोमबार र मंगलबार कोरोना विरुद्धको खोप लगाइँदै छ । यसअघि कोरोना विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Advertisement

खोपको सहज व्यवस्थापनको लागि नगरपालिकाका १७ वटा वडामैं खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको परिपत्रअनुसार सोमबार र मंगलबार कोरोना विरुद्धको भेरोसेल खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाको भनाइ छ । तिलोत्तमा नगरपालिकामा १८ वर्षमाथि कोरोना विरुद्धको पहिलो खोप नलगाएका झण्डै २७ हजार नगरबासी रहेको अनुमान छ । नगरमा झण्डै ४८ हजार जनाले यसअघि नैं कोरोना विरुद्धको खोप लगाइसकेको स्वास्थ्य शाखाको तथ्यांक छ ।

यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका नगरबासीले पनि तोकिएको समयसीमा पूरा भएको अवस्थामा सोमबार र मंगलबार खोप लगाउन सक्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । हरेक वडा कार्यालय र स्वास्थ्य संस्थाहरुले आफ्नो कार्यक्षेत्रमा रहेका नागरिक खोपबाट नछुटुन् भनेर आ-आफ्नो तरिकाले सूचना प्रकाशन, माइकिङ, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, स्वास्थ्य स्वयमंसेविका मार्फत् प्रचारप्रसार गरेका छन् ।

नगर प्रमुख बासुदेव घिमिरेले कोरोना विरुद्धको खोपबाट १८ वर्षमाथिका कुनै पनि नगरबासी नछुटुन् भनेर सूचना प्रवाह टोलस्तरमा पुर्याइएको बताउँदै आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगेर खोप लगाउन सबै नगरबासीलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत