ताजा अपडेट »

एमाले महाधिवेशनः आचारसंहिताविपरीत उम्मेदवारको भड्किलो प्रचार

सोमबार, १३ मंसिर २०७८, १३ : ३६
2 Shares

चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकाहरूले निर्वाचन आचारसंहिताविपरीत भड्किलो प्रचार गरका छन् । 

एमाले केन्द्रीय निर्वाचन समितिले जारी गरेको आचारसंहितामा केन्द्रीय कमिटीका उम्मेदवारले भिजिटिङ कार्डभन्दा ठूलो साइजका प्रचार सामग्री बनाएर प्रचार गर्न नपाइने उल्लेख गरेको छ । 

तर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका भीम रावलसहितका अधिकांश उम्मेदवारले ठूलो साइजका पर्चा, अपिल र पुस्तिका नै बनाएर महाधिवशेन प्रतिनधिहरूलाई वितरण गरेका छन् । अध्यक्षका उम्मेदवार केपी ओलीको पक्षमा बन्दसत्र हल परिसरमै आचारसंहिताविपरीतका चर्का र भद्दा नाराबाजी भइरहेका छन् । 

निर्वाचन समितिका संयोजक विजय सुब्बाले कतिपय उम्मेदवारले आचारसंहिताको उल्लंघन गर्दै भड्किलो प्रचार गरेको भन्दै रोक्न आग्रह गरेका छन् । एमालको निर्वाचन समितिले गत ९ मंसिरमै १०औं महाधिवेशनका लागि निर्वाचनसम्बन्धी आठ बुँदे आचारसंहिता जारी गरेको थियो । 
आचारसंहितामा उल्लंघनकर्ता उम्मेदवारी गर्नेसम्मको व्यवस्था छ । तर समितिले भने अहिलेसम्म भड्किलो प्रचारबापत कारबाही गर्न सकेको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।