ताजा अपडेट »

गुल्मीमा एक बृद्धाद्धारा चौरासी पूजाको तुलादानको रकम बिद्यालयलाई

बुधबार, २९ असोज २०७६, १५ : ०४
6 Shares

असोज २९,
ग्लोबल आवाज

गुल्मी । गुल्मीमा एक बृद्धाले चौरासी पूजाको तुलादानमा खर्चिने रकम बिद्यालयलाई हस्तातरण गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा तुलादानको रकम बिद्यालयलाई अक्षयकोष स्थापना गर्न हस्तातरण गरेका हुन् ।

चौरासी पूजाको अबसरमा आयोजीत कार्यक्रममा बृद्धा पन्थीले सोहि स्थानमा रहेको सरस्वती प्राबिलाई आफनी श्रीमती हिमकला पन्थीको नाममा रु २० हजार १ सय हस्तातरण गरेका हुन् ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम्मन घिमिरे र बिद्यालयका प्रधानाध्यापक थम्मनबहादुर केसीलाई पूजा कार्यक्रमै पन्थीले नगद हस्तातरण गरेका थिए । बिद्यालयमा पढ्ने अति बिपन्न एवं जेहेन्दा बिद्यार्थीलाई पढाउनको निम्ति खर्चिने गरि बिद्यालयलाई हस्तातरण गरेको पन्थीले बताए । अक्षयकोष रकम पछि थप्दै लगिने अक्षयकोष दाता परिवारका मेघराज पन्थीले बताए ।

अक्षयकोष रकम बुझदै बिद्यालयका प्रधानाध्यापक केसीले चौरासी पूजाको अबसरमा तुलादान बापतको रकम बिद्यालयलाई दिएर उदाहरणीय काम गरेको बताए । उनले बैंकमा उक्त रकम राखेर प्रत्येक वर्ष एक जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्राबृद्धि प्रदान गर्ने प्रधानाध्यापक केसीको भनाई छ । उनले गरिव तथा जेहेन्दार बिद्यार्थीलार्इ पढाउनको निम्ति बिद्यालय प्रति देखाएको योगदानको प्रशंसा गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।