११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

वेलिंगटन । प्रसूति व्यथा लागेका महिलाहरु सामान्यतया केही दिनदेखि अस्पतालमा भर्ना हुन्छन् । सुत्केरीपूर्व नै महिलाको स्वास्थ्य र पेटको वच्चाको अवस्था हेरेर प्रसूति वार्डमा उपचार हुन्छ । तर, न्युजिल्यान्डकी एक सांसद भने प्रसूति बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् । 

Advertisement

अस्पताल पुगेको एक घन्टा नबित्दै उनले शिशु जन्माएकी छिन् । ‘सुत्केरी बेथा लागेको बेला साइकल चलाएर अस्पताल जाने मैले कुनै योजना गरेकी थिइन, तर त्यही भयो,’  ग्रीन पार्टीकी सांसद जुली एनी जेन्टरले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् । 

पार्टीको यातायात मामिला प्रवक्तासमेत रहेकी उनी प्रसूति व्यथा लागेपछि साइकलमा चढेर अस्पताल गएको पहिलो पटक भने होइन । तीन वर्षअघि मन्त्री हुँदा पनि उनी गर्भवती भएकी थिइन् र सुत्केरी व्यथा लागेपछि साइकलमा नै अस्पताल हुइकिएकी थिइन् । अस्पतालको एउटा कार पार्कमा उनले पतिसँगको फोटो फेसबुकमा सेयर गरेकी छिन् ।

साइकल चढेर अस्पताल जाने निर्णयले आफूलाई कुनै लाज नलागेको उनले बताइन् । उनी साइकल अभियन्ता पनि हुन् । वातावरण स्वच्छ र सफा राख्न पेट्रोल तथा डिजेलमा चल्ने गाडीको सट्टा साइकल चलाउनु पर्ने उनको जोड छ । 

न्युजिल्यान्डमा यसअघि अन्य बहालवाला सांसदलाई सन्तान लाभ भएको थियो । सन् १९८३ मा एक जना सांसद दुधे बच्चा लिएर संसद भवन पुगेकी थिइन् । त्यस्तै, सन् २०१८ मा जसिन्डा आर्डनले प्रधानमन्त्री हुँदा नै बच्चा जन्माएकी थिइन् । उनले दुधे बच्चा बोकेर संसद भवनमा पनि पुगेकी थिइन् ।-एजेन्सी
 

प्रतिकृया दिनुहोस्

Flash News

डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने, वरिष्ठ उपाध्यक्ष पद पाउने लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली बंगलादेशमा डुंगा दुर्घटनाः मृत्यु हुने ५१ पुगे ‘माटोका सामग्रीलाई प्लाष्टिकले विस्थापित गरिदियो’