ताजा अपडेट »

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित

सोमबार, १३ मंसिर २०७८, १० : ३५

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले पराजित गरे । बानियाँको प्यानल नै निर्वाचित भएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँ १९ सय ५७ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी कार्कीले १०८९ मत प्राप्त गरे ।

उपसभापतिमा राजकुमार नकर्मी १८ सय २९ र गोकर्ण केसी १९ सय २२, सचिवमा इन्द्रबहादुर थापा १९ सय १५ र गोविन्द पुडासैनी १८ सय १७ र सहसचिवमा रोमेल श्रेष्ठ १७ सय ७५ र प्रा.डा. अमिता प्रधान दुई हजार ६६ मत ल्याई निर्वाचित भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।