ताजा अपडेट »

एमाले अध्यक्षमा केपी ओलीको मनोनयन दर्ता

सोमबार, १३ मंसिर २०७८, १० : १६
4 Shares

सौराहा । नेकपा (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ । 

अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन् । 

एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । 

अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।

रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।