११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

बुटवल । रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ । विषादीका कारण आत्महत्याका घटना बढेकाे भन्दै स्थानीय प्रशासनले सेल्फास नामक आल्मुनियम ट्याब्लेटको बिक्रीवितरण र प्रयोगमा राेक लगाएकाे हाे । 

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देही, मानसिक रोग विशेषज्ञ, क्वारेन्टाईन कार्यालयका प्रमुख, स्स्थानीय तह कृषि शाखा प्रमुख, एग्रोभेट सञ्चालक, विषादी बिक्रीवितरण गर्ने पसल सञ्चालक लगायत सरोकारवालाको संयुक्त बैठकले विषादी बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

आत्महत्याका घटना न्यूनीकरण गर्न सेल्फास नामक किटनाशक विषादीको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । उनका अनुसार रुपन्देही जिल्लामा बिगत पाँच वर्षमा विषादीबाट मात्र ३५४ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको चार महिनामा विषादीबाट आत्महत्या गर्ने १४ जनामध्ये सात जनाले सेल्फास नामक विषादी प्रयोग गरेको पाइएको प्रहरी उपरीक्षक केसीले बताए ।

बैठकले प्रतिबन्धित सेल्फास सुरक्षितरुपमा नष्ट गर्ने निर्णय पनि गरेको छ । सेल्फास नियन्त्रण हुने हो भने आत्महत्याका घटना न्यूनीकरण हुनसक्ने देवदह मेडिकल कलेज रुपन्देहीका सहप्राध्यापक डा. मनोजकुमार ढुंगानाले बताए । ‘प्रतिबन्ध लगाएर मात्र हुँदैन, यसको बिक्रीवितरण भए नभएबारे पनि नियमन गर्नुपर्छ,’ उनले  भने । विषादीमाथिको प्रतिबन्धलाई सबैले पूर्णरुपमा कार्यान्वयन गर्नुपर्न प्लान्ट क्वारेन्टाइन कार्यालय रुपन्देहीका प्रमुख कुलदीप घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रोजगार र समृद्धिका लागि पर्यटन रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार