ताजा अपडेट »

अध्यक्ष मण्डल बैठक : रावल र भुसाल सहमत नभए आन्तरिक चुनाव हुने

आइतबार, १२ मंसिर २०७८, २३ : ३३
2 Shares

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नयाँ केन्द्रीय कमिटीमा असहमति भएका पदमा चुनाव हुन सक्ने देखिएको छ ।

मुख्यत: भीम रावलले अध्यक्ष र घनश्याम भुसालले आन्तरिक प्रतिस्पर्धा गर्ने अडान राखिराखेमा अध्यक्ष ओलीले आन्तरिक चुनावको घोषणा गर्नेछन् ।

अध्यक्ष मण्डलको बैठकमा सकेसम्म सहमति खोज्ने तर त्यहाँ सहमति नभए चुनावको घोषणा गर्नेछन् । ओलीनिकट नेताकाअनुसार अध्यक्ष मण्डलको बैठकमा यो विषयमा छलफलसमेत भएको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले रावललाई उपाध्यक्ष र भुसाललाई उपमहासचिवको प्रस्ताव गरेका छन् । तर रावलले अध्यक्ष र भुसालले उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने अडान लिइरहेका छन् ।

मण्डलको बैठक जारी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।