ताजा अपडेट »

अध्यक्ष मण्डलको बैठक जारी, भीम रावल पनि उपस्थित

आइतबार, १२ मंसिर २०७८, २३ : १७
6 Shares

काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल जारी छ ।

सौरहा, चितवनमा तीन दिन देखि जारी १० औं महाधिवेसनको तेस्रो दिन ११ घन्टा ढिलो गरि सुरू हुन लागेको बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक जारी राखिएको हो ।

अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा,युवराज ज्ञवाली, शेरबहादुर तामाङसहित ११ जनाले छलफल गरिराखेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।