ताजा अपडेट »

मेचि-महाकाली साईकलयात्रीलाई बुटवलमा स्वागत

आइतबार, १२ मंसिर २०७८, १६ : ५४
4 Shares

बुटवल । मेची-महाकाली यात्रामा निस्किएका बुबाछोरा साईकिलेलाई बुटवलमा स्वागत तथा सम्मान गरिएको छ । बुबा दिपकराज भट्ट र ११ वर्षीय छोरा रमित भट्ट र सहयोगी विवेक लामालाई हौसला बढाउन बुटवलका साईक्लिङ क्लबहरुका पदाधिकारी, सदस्यहरुले खादा लगाएर स्वागत सम्मान गरेका हुन ।

महेन्द्रनगर बेलौरी नगरपालिका वडा नं ६ कंचलपुर स्थाई घर भएका दिपकराज भट्ट र उनको छोराले मंसिर ४ गते मेची पुलबाट यात्रा शुरु गरेका हुन् । करीब १ हजार २४ किलोमिटर दुरीको लक्ष्य रहेको यात्रामध्ये आईतबारसम्म ६ सय ८० किलोमिटर पुरा गरेको उनले बताए । महेन्द्रनगर महाकाली पुलमा समापन गर्ने उनले बताए ।

शनिबार दिउसो बुटवल आईपुगेका उनिहरुलाई जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, सदस्यहरु दिपक कार्की, रेशम रेग्मी, गोबिन्द ओली, उत्कृष्ट श्रेष्ठ, ह्याप्पीका उपाध्यक्ष किरण श्रेष्ठ, मछिन्द्र श्रेष्ठ, सागर पौडेल, मनिक श्रेष्ठले यात्राको सफलताको शुभकामना दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।