ताजा अपडेट »

वार्ताका माध्यमबाट केसीको अनसन बन्द गर्न आग्रह

मंगलबार, १५ माघ २०७५, ११ : ३७
2 Shares

माघ १५,

काठमाण्डौं । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा. डा. गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनसनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ ।

सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने, अनसनरत डा केसीसँग फलदायी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र केसीले अनसन बन्द गर्नुपर्ने प्रतिष्ठानको सुझाव छ । उक्त प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल र महासचिव हरिश्चन्द्र भट्टराईले आज जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभाबाट सो विधेयक पारित हुनु र त्यसपछि पक्षविपक्षमा राजनीतिक दल, स्वास्थ्यकर्मी तथा नागरिक समाज विभाजित हुनाका साथै स्थिति थप अन्योलपूर्ण भएकाले वार्ताबाट समाधान गर्न आग्रह गरिएको हो ।

गत पुस २५ गतेदेखि डा. केसी सोह्रौं पटक आमरण अनसनमा छन् । उनको स्वास्थ्यस्थिति दिनप्रतिदिन कमजोर हुँदै गएको छ । केसीको विरोधमा अनसनरत विजय थापाको स्वास्थ्यस्थिति पनि कमजोर भएको जनाइएको छ । केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन घोषणा गरेको छ भने त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालले अस्पताल परिसरमा अनसन नबस्न आग्रह गरेको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।