ताजा अपडेट »

बुटवल उपमहानगरको भवनमा करेन्ट लागेर एक जनाको मृत्यु, २ जना घाइते

आइतबार, १२ मंसिर २०७८, १६ : ०६
6 Shares


बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको भवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भई हाल बुटवल–३ गोलपार्कमा बस्दै आएका ४७ वर्षीय बसन्त भुसाल रहेका छन् ।

उपमहानगरको नयाँ भवनमा थ्री फेज लाइन जडान गर्ने क्रममा विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत कर्मचारी भुसाललाई करेण्ट लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले ग्लोबल आवाजलाई जानकारी दिए । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

यसैगरी सोही भवनमा लेबरको रुपमा कार्यरत सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बिर्दियाको राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरेको प्रहरी प्रमुख केसीले बताए । घाइते दुबैजना बुटवल–४ मा बस्दै आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।