ताजा अपडेट »

माओवादी अधिवेशन: गुल्मीमा पहिलो महिला पालिका अध्यक्ष

आइतबार, १२ मंसिर २०७८, १५ : ३१
12 Shares

गुल्मी । नेपाल कम्युनिष्टि पार्टी (माओवादी केन्द्र) गुल्मीमा चलिरहेको पालिका स्तरिय अधिवेशनमा जिल्ला मै पहिलो महिला पालिका कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छ्न ।

लुम्बिनी प्रदेशकी सांसद गिता थापा माओवादी केन्द्र रेसुङ्गा नगर कमिटिको अध्यक्षमा निर्वाचित भएकी हुन । १६ बर्षको उमेरमा इस्मा गाउँपालिका ४ दोहलिको रामराज्य माविमा पढने क्रममा २०५७ साल देखि माओवादीको विद्यार्थी राजनितिमा लागेकी थापा २०५९ साल देखि पुर्णकालिन कार्यकर्ता भएकी थिइन ।

२०६१ सालमा दोहलीमै स्थानीय विपक्ष राजनैतिक दलका मानिसहरुले समातेर सेनालाइ बुझाउने क्रममा सदरमुकाम तम्घासमा मरणसन्य कुटाइ र यातना पाएकी उनी २ महिनासम्म सेनाको ब्यारेकमा हिरासतमा रहि १५ महिना जेल चलान भएकी थिइन । लुम्बिनी प्रदेशका पूर्व सामाजिक बिकास मन्त्री एवम माओवादी केन्द्र लुम्बिनी प्रदेशका प्रभावशाली नेता सुदर्शन बरालले शनिबार सम्पन्न रेसुङ्गा नगर कमिटिको अधिवेशनमा थापालाई पहिलो महिला पालिका कमिटी अध्यक्ष का रूपमा सपथ ग्रहण गराएका थिए ।

प्रमुख अतिथी बरालले माओवादी केन्द्रबाट मात्र नभई जिल्लाका अन्य राजनैतिक दलहरुबाट समेत थापा पहिलो महिला पालिका कमिटीको अध्यक्ष बन्ने इतिहास रचेको भन्दै बधाई दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।