२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

बुटवल । साहसी कदमले ५ जना पत्रकारसँगै डेढ दर्जन विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरुलाई सम्मान गरेको छ । साहसी कदमले शनिवार नेशनल टिबी नेटवर्क नेपालको सहयोगमा तिलोत्तमाको वनबाटीकामा बनभोज तथा सम्मान कार्यक्रम गरी तेस्रो लिङ्गी तथा समलिङ्गीको क्षेत्रमा कमल चलाउने पाँच पत्रकार र विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो।

कार्यक्रममा ग्लोबल आवाजका सम्पादक एन.बी. कंडेल, पत्रकार महासंघ रुपन्देहीकी पूर्व उपाध्यक्ष निरा गौतम, पत्रकारद्धय भविन्द्र देवकोटा, रिमा बिसी, कपिल ज्ञवाली, नमुना एकिकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेल, एएचएफ बुटवलका कार्यक्रम संयोजक धर्मराज भाई रामग्राम महिला जेसिजका अध्यक्ष पुष्पा लामा, साधना कला केन्द्रका संचालक अनु रजक, अधिवक्ता हेमा न्यौपाने, यौनिक तथा लैनीक अल्पसंख्यक समुदायका अभिभावक रेखा थापा, , साहसी कदमका उपाध्यक्ष अस्मिना राना, कोषाध्यक्ष अवन्तिका घर्तिमगर, मनोज भुषाल, तेस्रोलिङ्गी विनीता शाही दिया सारु, कल्पना गुरु लगायतलाई दोसल्ला ओडाएर सम्मान गरिएको साहसी कदमका महासचिव रेशम न्यौपानेले जानकारी दिइन् ।

साहसी कदमका अध्यक्ष आनिक राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा निल हिरा समाजका केन्द्रीय अध्यक्ष शितल पिङकी गुरुङले विभिन्न माध्यमबाट यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई सहयोग गर्ने झण्डै दुई दर्जन सहयोगीमनहरुलाई दोसल्ला ओडाएर सम्मान गरेकी हुन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि