२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । बुटवलमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले सहकारीको कार्यक्षत्र विस्तार गर्ने भएको छ । संस्थाको शनिबार सम्पन्न तेरौं वार्षिक साधारण सभाले बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको उक्त सहकारीको कार्यक्षेत्र बिस्तार गरी रुपन्देही बनाउने प्रस्ताव पारित गरेको हो । त्यसमा आवश्यक निर्णय लिनको लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

Advertisement

शेयर सदस्य बृद्धिको कार्यक्रमलाई यथावत राख्दै एकैप्रकृतिको मन मिल्ने सहकारीसंग मर्जरको प्रस्ताव पारित गरिएको छ । त्यस सम्वन्धि निर्णय लिनको लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिईएको छ । साधारण सभाले बुटवल १७ मा रहेको संस्थाको जग्गाको क्षेत्रफल थोरै भएकोले त्यसलाई बिक्रि गरी उपयुक्त जग्गा खरिद गर्ने, शेयर सदस्यलाई सीपमुलक लगायतका तालिम सञ्चालन गर्ने, धितो कर्जाको रकम बढाउने, शेयर सदस्यको छोराछोरीको नाममा बालवचत गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रामराज पोख्रेलले सञ्चालक समितिबाट कहिकतै कमिकमजोरी भए रचनात्मक सुझाव दिन आग्रह गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारी सम्वन्धि नीति नियम तथा ऐन कानुनको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार गोविन्द मरासिनी, शेयर सदस्य बिक्रम खड्का, गणेशचन्द्र पोखरेल, गोमा ढुंगाना लगायतले शुभकामना व्यक्त गरे ।

साधारण सभामा अध्यक्ष रामराज पोख्रेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अनिलराज शाक्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक विनशलाल श्रेष्ठले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित भएको छ । कार्यक्रम उपाध्यक्ष विश्ववन्धु विनयीको स्वागत र सचिव गुणनिधी खनालको सञ्चालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह