ताजा अपडेट »

ओलीसहित पाँच नेताको बैठक : पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै

आइतबार, १२ मंसिर २०७८, ११ : १६
6 Shares

सौराहा। एमालेको १०औं महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै समापन हुने भएको छ । सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली जुटेका छन् ।

अहिले ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालको छुट्टै बैठक बसेको छ । बैठकले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची बनाउने भएको छ । सोही सूचीलाई अध्यक्ष ओलीले बन्दसत्र हलमा सार्वजनिक गर्ने तयारी छ ।

शीर्ष नेताको बैठकअघि अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीसँग छुट्टाछुट्टै भेटेका थिए । ओलीले नेताहरूको कुरा मात्र सुनेको तर कुनै प्रतिक्रिया नसोधेको एक नेताले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।