ताजा अपडेट »

प्रचण्ड -माधवसँग पार्टी एकता गर्ने पक्षमा बाबुराम भट्टराई

आइतबार, १२ मंसिर २०७८, १० : ५५
6 Shares

बुटवल । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रचण्ड र माधव नेपाल नेतृत्वको पार्टीसँग एकताको पक्षमा उभिएका छन् । मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो औल्याउँदै उनले ढिला चाँडो एक ठाउँ हुने बताए । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र , माधव नेपाल नेतृत्वको नेकपा समाजवादीसँग पार्टी एकता गरेर जानुपर्ने आसय व्यक्त गर्दै उनले तत्काल सम्भव नभए गठबन्धन गरेरै भएपनि अघि बढ्नुपर्ने बताए ।

जनता समाजवादीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले हाल सरकारको नेतृत्व गरिरहेको गठबन्धन दल नेपाली काँग्रेसबाट रुपान्तरणको अपेक्षा गर्न नसकिने बताए ।

देश गम्भीर संकटमा रहेको उल्लेख गर्दै उनले मुलुकमा राष्ट्रिय एकताको खाँचो औंल्याएका हुन् । लुम्बिनी प्रदेशको ४ दिने भ्रमण अन्तर्गत बुटवल आएका भट्टराईले पछिल्लो समय विभिन्न दलहरुमा नेतृत्व चयनमा देखिएको गतिविधि तथा सर्वोच्च अदालतमा देखिएको हर्कतले मुलुक प्रतिगमनतिर गएको बुझ्न सकिने उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।