२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

हङकङ । हङकङमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको । उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए । उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिबाट उनमा नयाँ भेरियन्ट सरेको हुने अनुमान गरिएको छ ।

परीक्षणका क्रममा उनीहरु दुबैमा नाम दिइएको भेरियन्ट देखिएको थियो । डब्लूएचओले सुरुमा B.1.1.529 नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै राज्यमा संक्रमण बढी रहेको पाइएको जनाएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोनबाट संक्रमणको जोखिम उच्च रहेको जनाउँदै विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाएका छन् । डब्लूचएओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।हङकङ सरकारले दक्षिण अफ्रिका, भारत, अमेरिका, बेलायतलगायतका अन्य देश भएर आउने हवाई यात्रुलाई होटेलमा अनिवार्य २१ दिन क्वारेन्टिनको व्यवस्था गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार