ताजा अपडेट »

पत्रकार महासंघको अध्यक्ष नै राजनीतिक दलको नेता : लुम्बिनी अध्यक्ष गिरी माओवादी केन्द्र बुद्धभूमिको अध्यक्ष !

शनिबार, ११ मंसिर २०७८, २२ : ०५
20 Shares

बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरी माओवादी केन्द्र बुद्वभूमि नगर कमिटी कपिलवस्तुको अध्यक्ष भएका छन् । यही मंसिर ५ गते पत्रकार महासंघका महासचिव रोशन पुरीले महासंघको जिम्मेवारीमा रहेका कोही पनि दलीय जिम्मेवारीमा नरहन निर्देशन गरेका थिए ।

उनै पुरीको संगठनका नेता गिरी महासंघको प्रदेश अध्यक्ष भएपनि केन्द्रीय महासचिवको निर्देशन विपरीत नगर अध्यक्ष भएका छन् । कपिलवस्तुमै रहेका महासंघका प्रदेश सदस्य चिन्ता परियार माओवादी केन्द्रको शिवराज नगर कमिटीको उपाध्यक्ष निर्वाचित भएका छन् । उनीहरूलाई प्रेस सेन्टर तथा माओवादीका नेताहरूले धमाधम सामाजिक सन्जालमा बधाई दिइरहेका छन् । प्रेस सेन्टरका सचिव माधव बेल्वासेले उनीहरूलाई बधाई सामाजिक सन्जालमा राखेका छन् ।

महासंघका महासचिव रोशन पुरीले आफ्नै संगठनका व्यक्तिले निर्देशन उल्लंघन गर्दा के गर्छन् हेर्न बाँकी नै छ । सामाजिक सञ्चाल लगायतका माध्यमबाट आलोचना आउन थालेपछि माओवादी केन्द्रको उक्त पदबाट राजीनामा दिएको गिरीले सामाजिक सञ्चाल फेसबुकमा व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।