ताजा अपडेट »

लायन्स क्लब अफ लोटसद्वारा पोषण सम्बन्धी सचेतना

शनिबार, ११ मंसिर २०७८, २१ : ५५
6 Shares

बुटवल । लायन्स क्लब अफ बुटवल लोटसले यहि मंसिर १० गते शुक्रबार बालबालिकालाई पोषण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । सो अवसरमा रुपन्देहकिो तिलोत्तमा नगरपालिका सिमानगरमा रहेको श्री हाम्रो सगरमाथा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न तथा फ्लेक सिड वितरण पनि गरिएको थियो।

कार्यक्रम लायन्स क्लब अफ बुटवलका अध्यक्ष सुशिला आचार्यको अध्यक्षता, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ नवराज न्यौपानेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा एक्स्टेन्सन चियर पर्सन तथा को–एडभाइजर द्वारिका प्रसाद श्रेष्ठ तथा विद्यालयका प्रधानाध्यापक घनश्याम घिमिरे लगाएतले आफ्ना भनाई राखेका थिए ।

यसैगरी कार्यक्रम संयोजक लायन्स शिक्षा पराजुलीले विद्यार्थीहरुलाई पोषण सम्बन्धी तालिम दिएकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव सुशिला ज्ञवालीले गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।