ताजा अपडेट »

टिपिएल -३ : रुपन्देहीलाई पराजित गर्दै रेन्बो विजयी

बुधबार, २९ असोज २०७६, १२ : २८
6 Shares

असोज २९,

ग्लोबल आवाज
बुटवल । प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिग-३ को पाचौं दिनको पहिलो खेलमा रेन्बो ज्ञानोदय विजय भएको छ । रेन्बोले रुपन्देही पल्टन्सलाई ६ विकेटले पराजित गरेको हो । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदान नयाँमिल–१० नम्बरमा रुपन्देही पल्टन्सले टस जितेर व्याटिङ गर्दै जम्मा ७६ रनमा समेटियो । रुपन्देही पल्टन्सलाई सबै विकेट सहित जम्मा ७६ रनमा समेट्न सफल रेन्बो ज्ञानोदयले जवाफी व्याटिङमा १२.१ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको हो ।

प्रतियोगितामा रेन्बोका खेलाडी डिवान पुन म्यान अफ दि म्याच भएका छन् । पल्टन्स विरुद्ध उनले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिएका थिए । आजको दोस्रो खेल अन्तर्गत पाल्पाली लिजेण्डस् र रोयल शंकरनगर बीच हुने प्रतियोगिताका संयोजक दिपक भुर्तेलले जानकारी दिए ।तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

त्यसैगरि प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद २० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट वलरलाई नगद १० हजार साथै इमर्जिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा १ टिमलाई फेयर प्ले अवार्ड अन्तर्गत नगद ४० हजार साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १ हजार ५ सयले पुरस्कृत गरिने संयोजक भुर्तेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।