ताजा अपडेट »

केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा

शनिबार, ११ मंसिर २०७८, १९ : ०५
10 Shares

बुटवल । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन अफ नेपाल लुम्बिनी शाखाको चौथो वार्षिक साधारण सभा तथा प्रथम रुपन्देही जिल्ला अधिवेशन तिलोत्तमामा सम्पन भएको छ । कार्यक्रममा बोल्दै नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशनका केन्द्रीय अध्यक्ष सुरेश घिमिरेले स्वास्थ्य तथा सेवासँग जोडिएको व्यवसाय भएको बताउँदै अत्आवश्यक सामान सर्जिकलमा समेत सरकारले भन्सार कर लगाएर जनतालाई आर्थिक भार पारको गुनासो गरे ।

उनले स्वास्थ्य उपचारमा सर्जिकलको आवश्यकता र भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि यस व्यवसायलाई उपेक्षा गरेको बताए । उनले भने ‘सधैं उपचारको क्रममा होस् या महामारीमा हामीले मास्क,सेनिटाइजर,पिपिई लगाएतका सामग्री उपलब्ध गरायौं, आयातमा समस्या भएतापनि विदेशबाट ल्याएर वा स्वदेशमै उत्पादन भएका प्रयोग गरेर कोरोना जस्तो महामारीमा पनि सर्जिकल सामग्री कमी हुन दिएनौं । तर,राज्यले हामीप्रति धन्यवाद पनि भन्न सक्दैन ।’

कायक्रममा उद्योग बाणीजय संघ बुटवलका अध्यक्ष उज्जवल कसजुले सर्जिकल जस्ता अत्यावश्यक सामग्रीको खरिद–बिक्री सहज हुनुपर्ने बताउँदै व्यवसायीलाई सहज वातावराण बनाउन सरोकारवालालाई आग्रह गरे ।

त्यसैगरी अफिम लुम्बिनी प्रदेशका महासचिव मुक्ति पौडेलले पछिल्लो समय अस्पतालहरु सेवा भन्दा नाफामुखी हुँदै गएको बताउँदै स्वास्थ्य सेवालाई सुवामुखी बनाउनु पर्ने बताए । क्याम्सन लुम्बिनीका अध्यक्ष बिण्णु भन्डारीले केमिकल तथा र्सिजकल क्षेत्रमा ब्यवसाय गर्दा राज्यबाट दुःख पाउँदै आएको गुनासो गरे ।

औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेसका अध्यक्ष शिव ज्ञवाली राप्तीका अध्यक्ष बालकमार घर्ती कार्यक्रमा बाबुराम भण्डारी विजय आचार्य विजय खनाल लगाएतले बोलेका थिए ।

केम्सन रुपन्देहीको प्रथम अधिवेसनकाट नौ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएका छन् । जसमा अध्यक्षमा बाबुराम भण्डारी, प्रथम उपाध्यक्षमा दिपक भटराई, उपाध्यक्षमा दिपक खनाल, महासचिवमा ऋिषी राम अर्याल, सचिवमा सुरज खत्री, कोषाध्यक्षमा किसन प्रसाद पाण्डे चएन भएका छन् भने सदस्यमा तेजेन्द्र सापकोटा,बिरेन्द्र श्रेष्ठ, यदुमणी पोखेल निर्वाचित भएको निर्वाचन संयोजक विजय खनालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।