ताजा अपडेट »

दशैं मान्न आएकाहरुलाई गन्तव्यमा फर्किन चटारो

बुधबार, २९ असोज २०७६, १२ : २२
6 Shares

असोज २९,
गुल्मी । दशैं मनाउन आफनो घर तथा आफन्तकहाँ आएकाहरुलाई फर्किन थालेका छन् । गुल्मी जिल्लाबाट बिभिन्न स्थानका आफनो पेसा व्यवसाय एवं रोजगारि गर्नका लागि गएकाहरु दशैं मनाउन आफनो घर तथा आफन्त कहाँ आएका थिए । दशैं सकिए लगत्तै बिभिन्न स्थानका लागि फर्किनेहरुले जिल्ला सदरमुकाम तम्घासबाट सवारी साधन छुट्को स्थानहरुमा भिडभाड बढेको हो । दशैंमा मनाउन शहरबाट धेरै जसो आफ्नो घर तथा गाउँमा जानाले सुनसान बनेको जिल्लाको सदरमुकाम तम्घास बजारमा चहल पहल शुरु भएको छ ।

दशैं मनाएर आफनो गनतव्य स्थल तर्फ फर्किर्ने र बिभिन्न व्यवसाय गर्नेहरु बजार क्षेत्रमा फर्किने गर्नाले चहल पहल शुरु भएको हो । गाँउबाट फर्किने मानिसहरुले गर्दा ग्रामिण क्षेत्रबाट बजार क्षेत्रमा आउने सवारीका साधनहरुमा पनि मानिसहरुमा सवारीको चाप बढेको छ । काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्किएकाले सुनसान बनेका ग्रामीण बस्तीमाहरुमा चहलपहल थियो । लामो समयसम्म देश तथा प्रदेशमा रहेकाहरु सकेसम्म दशैं मनाउन आउने गर्नाले अरु पर्वमा भन्दा चहलपहल हुने गर्दछ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि परिवारका सबै सदस्यहरु एकै ठाउँमा जम्मा भएर मनाउने गर्दछन् । दशैं मनाएर फर्किनेहरुले गर्दा बसपार्क तथा सवारी साधनहरुमा छुटने स्थानहरुमा भिड देख्न सकिन्छ ।

कतिपय बिद्यालयहरु तिहारपछि खुल्ने भएकाले पनि बिद्यार्थीहरु भने तत्कालै फर्किएका छैनन् । तर अन्य रोजगारि र व्यवसाय गर्नेहरुलाई दशैं सकिएपछि फर्किन हत्तार हत्तारमा छन् । दशैं मान्न आफनो घरमा जनतन आएकाहरुलाई सवारी साधनमा सिट नपाउँदा समस्या हुने गरेको कतिपयको गुनासो रहेको छ । जिल्लाबाट सिमित सवारी साधनहरु छुट्ने गरेकाले पनि अगिपछिको तुलनामा यात्रु बढि भएकाले फर्किनेहरुलाई समस्या पर्ने गर्दछ । जसरी हुन्छ छिटो पुग्ने बाहनामा क्षमताभन्दा वढि यात्रु राख्ने र जवरजस्ती सिट नहुदा पनि सवारी साधानमा यात्रा गर्दा चाडपर्वमा वढि दुर्घटना हुने गरेका छन् । त्यसैले यात्रा गर्दा सबैपक्ष जिम्मेवार बनेर यात्रा गर्न र दुर्घटना न्यूनिकरण गर्न तर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।