ताजा अपडेट »

कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु

शनिबार, ११ मंसिर २०७८, १८ : ३०
8 Shares

सप्तरी । कोसी ब्यारेजमा हाम फालेर एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका-६ घर भई स्वास्थ्य कार्यालय मोरंगमा कार्यरत अहेव अग्निप्रसाद नेपालका ४५ वर्षीय छोरा सुभाष नेपाल रहेका छन् ।

उनले शनिबार दिउँसो १२ बजे हनुमाननगर कंकालनी नगरपालिका- १ कोसी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका थिए ।

हाम फालेको विषयमा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खोज तलास गर्ने क्रममा दिउँसो करिब २:३० बजे सुभाषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनले किन हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-सुधा देव/न्युज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।