ताजा अपडेट »

एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व

शनिबार, ११ मंसिर २०७८, १२ : ३०
24 Shares

कम्यूनिष्ट आन्दोलनको ७२ वर्षको एतिहासमा नेपाली समाजले विभिन्न रुपान्तरण देखेको÷भोगेको छ । ति रुपान्तरकानिम्ति नेकपाएमालेको पनि महत्वपूर्ण भूमिका रहेको छ । २००७, २०४६ र २०६२/६३ सालकाआन्दोलनहरु जसले १०४ वर्षिय राणा शासन, निर्दलिय पञ्चायती व्यवस्था र अढाई सय लामो एकात्मक राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गर्दै सङ्घिउ लोकतान्त्रिक गणतन्त्रको स्थापनाको निम्ति नेकपा एमालेका नेता कार्यकर्ताहरुको आहुतियुक्त बलिदान र सघर्षपूर्ण इतिहास रहेको छ ।

ती क्रान्तिका अधिकाशनायक/नायिका युवाहरु थिए। ती युवाहरुको रगत पसिनाको जगमा स्थापित पार्टी नेकपा एमाले आज नेपालको प्रमुख राजनीतिकदल बनेको छ । आज त्यहि पार्टीको १० औ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा युवाहरु निरही पात्रको रुपमा देखिएका छन् । निरिह यस मानेमा कि उनिहरुले पार्टीमा सैद्धान्ति, सगठानिक रुपमा चूनौती प्रस्तुत गर्ने अवस्थामा छैनन् । यो बेला निरिह बनेर बस्ने समय होइन।

आजयुवावर्गहरु नेकपाएमालेको भातृ संगठनहरु जस्तै अनेरास्ववियु, युवा सघ लगायत विभिन्नतहमा बसेर कामगदै आइरहेका छन् । तर, जब मूल पार्टीको केन्द्रिय कमिटी, राजनीतिक प्रतिनिधित्वमा युवा सहभागिताको सवाल उठ्छ, त्यतिबेला युवाहरुलाई पाखा लगाइन्छ । आज यस राष्ट्रिय महाधिवेसनमा युवाहरुले आफ्नो सहभागिताबारे बोल्न जरुरी छ । सघर्ष गर्न जरुरी छ ।

नेकपा एमाले ले १० औ राष्ट्रिय महाधिवेसनचितवनमा १० देखि १२ गते सम्म सम्पन्नगरिरर्हा उक्त पार्टीले युवा सहभागितामा कस्तो नीति अपनाउछ ?त्यस्तै गरी त्यसमा आवद्ध युवा नेताहरुको भूमिका कस्तो रहन्छ?त्यो प्रमुखविषयहो । तर दुःखका साथ भन्नु पर्दा यसमहाधिवेशनमायुवाहरु सैद्धान्तिक भन्दापनि व्यक्ति केन्द्रित हुँदै कसरी केन्द्रिय कमिटिमा पर्न सकिन्छ भन्ने धुनमा केन्द्रित रहेका देखिन्छ । जसले केहि व्यक्तिलाई त फाइदा पु¥याउला तर युवा आन्दोलान र सहभागितालाई हानि गर्छ । त्यस्तै जटिल अवस्थामा हुनलागेको महाधिवेसन एकताको महाधिवेसन भनिएकाले पुरानै नेताहरुलाई व्यवस्थापनगर्नु पर्ने भएकापनियुवा सहभागिताको ढोका साँघुरो हुने देखिन्छ । तसर्थ युवा सहभागिताको मुद्दा उठाउन जरुरी देखिन्छ ।

अधिकांश देशहरुमा १५ देखि ३५ वर्षको उमेर समुहलाई युवामानेको छ तर नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवानीति, २०७२ ले १६ देखि ४० उमेर समुहलाई युवा समुहनिर्धारण गरेको छ । जुन २०६८ को जनगणना अनुसार ४०.३५ प्रतिशत रहेको छ । नेकपाएमाले लाई अबको प्रश्न ४०.३५ प्रतिशतप्रतिनिधिगने युवाको सख्या कति? पछिल्लो समय विभिन्न दृष्ट्रिकोणबाट युवा केन्द्रित बहस र छलफलहरु चल्नथालेका छन् । जसमाध्ये राजनीतिमा युवा सहभागितापनि एक हो । युवा भविष्यको कर्णधार मात्रहोइन, वर्तमानको सहयात्री पनि हो । राजनीतिमा युवा बारे बहस भैरहँदा पुस्तान्तरणको मुद्दालाई प्रमुख बनाउने गरेको पाइन्छ । अभैm त्यतिबेला चर्को बनाइन्छ, जतिबेला अन्तराष्ट्रिय क्षेत्रमा ४० वर्ष मुनिका युवाहरु राष्ट्रप्रमुख वा दलप्रमुख हुन्छन् ।

नेपाली राजनीतिले पुस्तान्तरण विषयमा बहस चल्ने गरे पनि, कहिले हुन्छ, अझै समयको गर्भमा रहेको छ । किनकी नेपालका राजनीतिक नेतृत्व वर्गको क्रियाकलाप हेर्दा अपबाद बाहेक सक्भर मृत्यु पश्चात् मात्र पद छाड्ने मनसाय राखेको देखिन्छ । हाम्रा नेतृत्व वर्गहरु अन्तिम सास रहुन्जेलसम्म पनि पदमै रहने मनोदशाले ग्रसित भएको पाइन्छ । युवावर्गले राष्ट्रिय पार्टीको अध्यक्ष, देशको प्रधानमन्त्रिका रुपमा नेतृत्व प्राप्तगर्न अझै केहि दशक लाग्ने देखिन्छ । तसर्थ यदियुवाले नेतृत्व चाहाने हो भने चूनौती लिन आवश्यक देखिन्छ ।

युवा नेतृत्वमा कहिले पुग्ने
पुस्तान्तरणका बारेमा बोल्ने आवाज उठाउने गरे पनि युवालाई मूल पार्टीममा आउन धेरै कठिनाईहरु रहेका छन् । युवा पुस्ताहरुले पाटिका विभिन्नभातृ संगठन, पाटिको वडा, नगर, क्षेत्र, जिल्ला र प्रदेश तहबाट केन्द्रिय तहमा आइपुग्दा कति बेला उमेर ढल्किसकेको हुन्छ थाहा नै हुदैन । उमेर बढे सगै मानिसका शरिर जिर्ण हुँदै जान्छ । त्यति बेलायुवाजोस, जागरमा ह्रास हुन सक्छ । तसर्थ युवाहरुलाई समयमा नै पार्टीको नेतृत्वमा पुग्न सक्ने मार्ग बनाउन जरुरी छ ।

आज विभन्न पार्टीका युवाउमेर समुह नागिसकेका नेताहरु पार्टीका भातृ संगठन विद्यार्थी, युवा संगठनहरुमा प्रतिस्पर्धा गरिरहेका पाउछौ, त्यो एकदमै दुखितखबर हो । ४० वर्ष सम्म पाटिको भातृ संगठनमा काम गरेकायुवाहरु कहिले पाटिको केन्द्रिय कमिटीमा आएर नेतृत्वमा पुग्ने ?आज युवाको अघि गम्भिर प्रश्नआएर ठडिएको छ । आज पार्टीहरुले नीतिगत रुपमै युवा सहभागिताको निम्ति मार्ग बनाएन भने अझै केहि दशक नेपालकाप्रमुख राजनैतिक दलका पदाधिकारीहरुमा युवा अनुहार भेट्न मुश्किल पर्ने देखिन्छ । तसर्थ अहिलेको राष्ट्रिय महाधिवेशनले निश्चित उमेर समुह निर्धारण गरि युवाहरुका लागि संख्या निर्धारण गर्नु सक्नु पर्छ ।

बहस गर्नुपर्ने विषय
केहि समय अघि गोदावारीमा नेकपाएमालेको १० औ राष्ट्रिय विधानअधिवेशन सम्पन्नभयो । उक्तविधान सम्मेलनले पार्टीको विधान, सगठनात्मक संरचना लगायत विषयमा सैद्धान्तिक विषयहरु पारितग¥यो । तर त्यस विधान सम्मेलनमा थप विषयमा छलफल हुन सकेन । र युवा नेतृत्वबाट छलफल, बहसको बिषय आउन नसक्नु लाई विड्म्बना नै मार्नु पर्छ ।

नेकपा एमालेको यो बीच जे–जस्ता घटनाहरु सृजित भए त्यसबारे गहन बहस र छलफल हुन आवश्यक थियो । पाटिले ७२ वर्षको इतिहासमा गरेका उपलब्धि, कमिकमजोरी , पार्टी एकता, केन्द्र र प्रदेश सरकार निर्माणदेखि पार्टी विभाजन, सरकारहरुको विघटन, पार्टीका सैद्धान्तिक पक्ष, २१ औ शताब्दीमाप्रविधि र भुमण्डलीकरणमा जनताको बहुदलीय जनवादको सार्थकता बारे, नेपाली समाजको चरित्र, समृद्ध नेपाल र सुखि नेपालीका आधारहरु लगाएतका विषयमाव्यापक छलफल हुनु पर्ने थियो । त्यो छलफलको नेतृत्व युवा नेताहरुले गर्नु पर्ने थियो । तर, युवा नेतृत्वगर्ने भातृसंगठनहरु चुकेको देखिन्छ ।

युवाहरुको मौनता
राष्ट्रिय महाधिवेशन अगाडि वा दौरान पनि पनि उम्मेदवारहरु त्यतिखुल्न सकिरहेका छैनन् । आफ्नो उम्मेदवारीबारे कार्यकर्ता र विभिन्न मन्चहरुमा सैद्धान्तिक, संगठाननिक, भावि योजनाहरु बारे छलफल, बहसहरु हुनुपर्ने बेला हो । तर, विड्म्बना आफ्नो क्षामता भन्दा पनि पार्टी नेतृत्वको गुनगान गाएर, उनिहरुको सम्बन्धलाई भजाएर कमिटिमा चयन हुन चाहानेको सँख्या बढी छ । अझै भविष्यमा पार्टीलाई नेतृत्व गर्ने युवाहरु नै मौन छन् । बोल्नु पर्ने युवाहरु नेताहरु पाटि नेतृत्वको अघि नतमस्तक देखिदै छन् । आज उनिहरुले सैद्धान्तिक चूनौतिहरु प्रस्तुत गर्न सकिरहेको छैन । केहि बोल्ने, लेख्ने युवाहरुले पनि नेतृत्वको स्तुति गान गरेको पाइन्छ । उनिहरुमा फरक दृष्टिकोण, सैद्धान्तिक पक्ष र नेतृत्व दावी गर्ने आधारहरुको कमि देखिन्छ ।

युवा नेताहरु जसले लामो समय पार्टीमा आफ्नो लगानी गरे, उनिहरुको मुल्याङ्कनहुन जरुरी छ । समयमा खेति गरे राम्रो भन्ने नेपालीउखानझै यो १० औ राष्ट्रिय महाधिवेसनमा युवाहरुले आफ्नो आवाज उठाउन जरुरी छ । यो मूल्यवान समय खेर गयो भने फेरी ५ देखि ६ वर्ष कुर्नुपर्ने देखिन्छ । तसर्थ पाटिले पनि युवा सहभागिताको निम्ति निश्चित प्रतिशत छुट्टाएर उचित मुल्याङ्कनगर्न जरुरी छ । आखिरमा यी युवा पुस्ताले त हो पार्टी जोगाउने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।