१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

काठमाडाैँ । एमालेको १०औं महाधिवेशनको बन्दसत्र तयारी, विधान संसोधन, सहमति प्रयासलगायतका विषयमा चितवनमा रहेका एमाले सचेतक विशाल भट्टराईसँग गरेको संक्षिप्त कुराकानीः-

Advertisement

महाधिवेशनको बन्दसत्र कसरी हुँदैछ?

-हाम्रो महाधिवेशन अलि पृथक् तरिकाले चलिरहेको छ । विधान र नेतृत्व महाधिवेशन छुट्टै गरेको पहिलोपटक भएकाले पनि यो नौलो प्रयास हो । 

१५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधि र नीति पारित गरिसकेको छ । अब यो महाधिवेशनबाट विधि र नेतृत्व कार्यान्वयन गर्ने नेतृत्व चयन गर्दैछौं । बन्दसत्रमा अध्यक्षमण्डल हुन्छ । अध्यक्ष केपी ओली र नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतको ११ सदस्यीय अध्यक्षमण्डल छ । 

त्यसैगरी हामीले माइन्युट कमिटी पनि बनाएका छौं । कार्यक्रम अध्यक्षमण्डलले सञ्चालन गर्छ । अध्यक्षमण्डलले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग भएको घोषणा गरेपछि १०औंको नेतृत्व चयन प्रक्रिया सुरु हुन्छ । 

गोदावरीबाट पारित विधान त संशोधन हुने भयो हैन? 

-विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशनले आवश्यक रूपमा विधान संशोधन गर्ने व्यवस्थाअनुरूप केही हेरफेर गरिएको हो । चुस्त कमिटी नै बनाउँछौं । धेरै ठूलो बनाउँदैनौं । 

पदाधिकारीको व्यवस्था संशोधन भए पनि ७० वर्षे उमेरहद कडाइका साथ लागू गर्छौं । पदाधिकारीमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि यथावत् छ । यो संशाेधन पनि विधान विधानअनुसार हुँदै छ । 

सर्वसम्मत नेतृत्व चयनको सम्भावना कति देख्नुहुन्छ ? 

-अध्यक्षसहित वर्तमान केन्द्रीय कमिटी नै सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छ । हामी अधिकतम लचकताका साथ नेतृत्वमा सर्वसम्मतिको प्रयासमै छौं । २३ सय चार जना प्रतिनिधि सबै केन्द्रमा अटाउने कुरा हुँदैन । त्यसैले धेरैको त्याग भयो भने सम्भव छ । वडा, पालिका, जिल्ला हुँदै प्रवासका कमिटीसमेत सर्वसम्मत नेतृत्व चयन गरेर आएका छन् । केन्द्रले यसको अनुशरण गर्छ नै । 

सर्वसम्मतिकै लागि विधान संशोधन गरौं भनेर बन्दत्रमा प्रस्ताव लैजाँदै छौं । पदाधिकारी थप्न प्रस्ताव राख्यौं । अध्यक्षलाई अधिकार दिउँ भनेर प्रस्ताव गर्‍याै । केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।  

सर्वसम्मत नेतृत्वको सम्मुखमा छौं । चुनावमा जाँदैनौं । कदाचित सर्वसम्मत भएन र चुनाव भयो भने लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ । यसमा एमाले अनुभवी छ । दुवै विकल्पका लागि तयार छौं । तर ९९ प्रतिशत सर्वसम्मतको सम्भावना छ । केन्द्रीय कमिटी सदस्यको पनि सर्वसम्मत गर्नुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौं । आयोगमा पनि सर्वसम्मत गर्ने प्रयासमा छौं ।

प्रतिकृया दिनुहोस्

Flash News

यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै