ताजा अपडेट »

अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा रुपन्देही सैनामैनाका विजयको मृत्यु

शुक्रबार, १० मंसिर २०७८, २२ : ०१
2 Shares

बुटवल । रुपन्देहीमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका-५ बुद्धनगरका ४० वर्षीय बिजय चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गैडहवा गाउँपालिका-६ कञ्चन पुलस्थित सडकमा बुधबार लु २३ प १७४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा चौधरी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको मेडिकल कलेज भैरहवामा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।