ताजा अपडेट »

विश्वकप–२०२२ छनौट : जोर्डनद्वारा नेपाल पराजित

मंगलबार, २८ असोज २०७६, २३ : ३९
6 Shares

असोज २८,

ग्लोबल आवाज

बुटवल । सन् २०२२ मा कतारमा हुने विश्वकप छनौटको दोस्रो चरण अन्तर्गत सम्पन्न नेपाल र जोर्डन बीचको खेलमा नेपाल पराजित भएको छ । जोर्डनकै घरेलु मैदानमा सम्पन्न खेलमा नेपाल ३–० गोलले जोर्डनद्वारा पराजित भएको हो । पहिलो हाफमा बराबरीमा राख्न सफल नेपालले दोस्रो हाफको ११औं मिनेटमा भने एक गोलबाट पछाडि परेको थियो । खेलको ५६ औं मिनेटमा नेपाली डि एरियामा फल्ट भएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको हो । अवसरको सदुपयोग गर्दै पेनाल्टीमा जोर्डनले नेपाल विरुद्ध एक गोलको लिएको अग्रतालाई कायम गर्दै ७८औं मिनेटमा अर्को गोल गर्न सफल भएको हो । जोर्डनको गोल यतिमै रोकिएन पुनः खेलको ८७औं मिनेटमा अर्को तथा तेस्रो गोल गर्न सफल भयो ।

नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने चाईनिज ताईपेलाई २–० ले हराएको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए ।गत सातामात्र अष्ट्रेलियामा भएको खेलमा नेपाल ५–० ले पराजित रह्यो । नेपालले तीन खेलबाट ३ अंक जोड्दै तालिकाको पुछारदेखि दोस्रोमा छ । अष्ट्रेलियाको दुई खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको तीन खेलबाट ४ अंक र अंक विहिन ताईपे तालिकाको पुछारमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।