ताजा अपडेट »

हर्कलाल परियारको कथा –(भाग-३)

मंगलबार, २८ असोज २०७६, २१ : ३६
4 Shares

काठमाडौँदेखि अर्घाखाँचीसम्मको यात्राको क्रममा भएका विभिन्न गतिविधि सहित उक्त गाडिमा मसँगै परेका हर्कलालको जीवन कहानी यो कथामा समेटिएको छ । यस कथाले धर्तिमा जन्मिएपछि हामीले के कतिसम्म संघर्ष गर्न सक्नुपर्छ र हाम्रो सोंच बिचार कस्तो हुनुपर्छ भन्ने सन्देशपनि दिइरहेको छ । जब सुर्य अस्ताउछ तब रात पर्छ, सबै मानिस निद्राको काखमा पुग्छन त्यस्तै जब सूूर्य उदाउँछ तब सबै मानिस ब्युँझिन्छन् र आफ्नो कार्यमा लाग्छन् । तर, सफलता–असफलता, असल–खराब, भन्ने कुराहरु उनीहरुले गर्ने क्रियाकलाप र उसले समयलाई दिने साथमै निर्भर रहन्छ । हामीले कसरी आफ्नो दिनलाई सफल तुल्याउन सक्छौँ भन्ने कुरा पनि यस कथाले सिकाउनेछ । अब सुरुवात गरौँ हर्कलालको भाग–३ को कथा । यहाँसम्म हर्कलालले जीवन कहानी सुनाउँदै गर्दा उसको बाबाले उसलाई आफ्नो काखमा राखेर सम्झाउँदै छन् र त्यहिँबाट आजको कथा प्रारम्भ हुन्छ ।

साँझको समय, करिव ७ बज्नै आँटेको थियो। बृखबहादुरको त्यस्तो कुरा सुनेपछि हामी केही बेर बोल्नै सकेनौँ। बा ले त्यो कूूरा सुनेपछि एकैछिन बेहोस् हुनुभयो । तेरो आमाको काखमा तेरो दाई, त्यहीपनि उसले आफ्नो आशुलाई रोक्न सकिन । म न ‘बा’लाई उठाउन सकेँ न त तेरो आमालाई सम्झाउनै। यस्तो देखेपछि बृखबहादुरले मलाई सम्झाउँदै अलि हिम्मत दिलायो । बालाई पानी छ्यापी उठाएँ । बा उठेपछि रुंदै भन्दै हुनुहुन्थ्यो ‘त्यसलाई मैले धेरै नै सम्झाउँथे, आज रिसमा त्यसरी पाप गर्दै हिँडिहाली भगवानले के छाड्थे, हुन त भगवान पनि हामी गरिबको लागि त के छन भन्नू र खै । समस्या दुई भागमा बिभाजन भएको थियो ः एकातिर आमाको मृत्यु त अर्कोतिर तेरो आमाको अवस्था त्यस्तो थियो ।’ एकैछिन कसरी झरौँ बृखबहादुरको घरमा भन्ने पनि भयो र केही बेरमा साँइली आमैकी बुहारी (यमकला)लाई बृखबहादुरले बोलाएर आयो। त्यतापनि थाहा भएपछि हाम्रो घरमा साँइला बा, दाइहरु सबै आउनुभयो । यमकला, साँइली आमै लगाएत गाउँका अन्य महिलाहरु तेरो आमासँग घर बस्ने कुरा भयो त्यस्तै हामीहरु भने लाग्यौँ बृखबहादुरको घरमा ।

जंगलको बाटो हुँदै झर्नुपर्थ्यो उसको घरमा। झमक्क सांझ परेको समय, सबैतिर सुनसान जंगलमा एक्कासी मृगको तिखो आवाज कानमा आयो। साँइला बा हरु भन्दै हुनुहुन्थ्योस् बाघले लखटेजस्तो छ मृगलाई। अलि तलको मुलबाटो पुग्नै आँट्दा एक बडेमानको बाघ त्यहीँ बसिरहेको रहेछ। हाम्रो आवाज सुनेपछि बाघ लुपुक्क तल पट्टि लाग्यो। सांइला बा हरुले हेरहेर‘‘‘हेरहेर…. भन्दै रोकिनु भयो र फेरि हामी बाटो लाग्यौँ। तर म र बा भने घरकै पिरले गर्दा केही बोल्न या गर्न सकिरहेका थिएनौँ। आँसु रोकिन सकिरहेको थिएन। केही बेरको हिँडाइ पछि हामी बृखबहादुरको घरमा पुग्यौँ। त्यहाँ पुग्दा सबै मनिल हुनुहुन्थ्यो। एकातिर आमाको मृत सरिर थियो अर्का्तिर बृखबहादुरका बा माइला दाइ वैध्य संग कुरा गर्दै हुनुहुन्थ्यो। वैध्य बाजेले भन्दै हुनुहुन्थ्यो अलि समयमै फेला पारेको भए निको हुन सक्थ्यो तर के गर्नु दैव को लिला कहाँ बुझ्न सकिन्छ र।

आमाको मृत शरीर देखेपछि बा फेरि बेहोस हुनुभयो। मेरो पनि मन आत्तिएजस्तो भयो, आमाले भनेका राम्रा र सकारात्मक कुराहरु आँखा अगाडी नाच्न थाले संगै आँखाबाट आँसुका थोपाहरु नरोकिइ झरिरहे। केही बेरमा माइला दाइ आएर सम्झाउँदै भन्नुभयोस् संसारको चल्दै आएको रिति नै यस्तै छ, हामी सबैलाई एक दिन अवश्य जानू छ आफ्नो मन साँघुरो बनाएर नबस भाइ, आफ्नो मनलाई समाल अन्तिम कार्यमा लाग्नुपर्छ रात छिप्पिदै छ। दाईको यति कुरा सुनेपछी म अलि आफ्नो मनलाई नियन्त्रण गरेँ। सबै अन्तिम कार्यमा लाग्यौँ र घाटमा जाने कुरा हुँदै थियो। रात छिप्पिएकोले रातभर कुरौँ, पानी पनि परिरहेको छ बिहानै जाउँला भन्ने कुरा भयो। र त्यहाँबाट काजकिरिया पूरा गर्नको लागि आमाको मृत शरीर घरमा ल्याएर बस्यौँ। घरमा आउँदा दिदिहरु पनि आइसक्नुभएको रहेछ, उहाँहरु आमाको मृत सरिरमा पुगेर आमा आमा गर्दै रुने चिच्याउने गर्नुभयो भने तेरो आमा को अवस्था त्यस्तो थियो गाउँका दिदिबहिनीहरुले यस्तो हुँदा त भगवानले पनि हेर्छन बार्नु पर्दैन भन्थे कसैले। तरपनी उसले केही खाइन। निकै कस्टपुर्ण र लामो भएर बित्यो त्यो रात। रातभर कुरेपछी बिहान सबेरै यहिँ तल गच्छेको घाटमा लगेर दाहसंस्कार गर्न आँटेका थियौँ। मलाई भक्कानो फुटेर आयो, मैले आमाको मृत सरिरमा दागबत्ती दिन सकेन।

एक्लो छोरो मै भएकाले दिनैपर्ने थियो तरपनी आफुलाई खाइनखाई गरेर हुर्काएकी आफ्नी आमालाई खरानी बनाउनबाट मेरो हात रोकियो। माथिल्लो घरका जेठा दाइले मलाई उठाएर जबरजस्ती आमालाई राखेको दाउराहरुमा आगो लगाइदिनुभयो। मन मस्तिष्क लाई स्थिर राख्नै सकिएन, केही बेरमै आमा खरानी भैसक्नु भएको थियो। त्यहाँको सबै कर्म सकाएर हामी घर फर्कियौँ। कसैले केही खानपनी सकेनौँ, तेरो आमालाई गाउँका दिदिबहिनी हरुले दूध तथा खाना ल्याएर खुवाउनु भयो। पल्ला घरे काँइली आमैकी बुहारी र तेरो फुपुहरुले तेरो आमाको हेरचाहा गरिन भने हामी जसो तसो १३ दिन काट्यौँ।खर्चको लागि घरमा केही थिएन, माइला बाजेको छोरो बिदेश बाट आएको अलिअली रिन उसले दियो। तेर्हौ दिन कटेपछी आएका पाउना, छर(छिमेकी सबै आआफ्नो कार्यतर्फ लाग्न थाले, बिस्तारै सुनसान पनि हुँदै गयो।

घरमा निकै नरमाइलो छाउँदै गयो। जस्तोसुकै द्वन्द भएको भएपनी घरको परिवार त्यसमा पनि घरको सबै जिम्मेवारी हेर्नुभएकी आमा हामिलाई छाडेर सधैको लागि बिदा हुँदा हाम्रो घरमा आएको खुसियाली सारा हराएको थियो। तेर्हौँ दिनसम्म खानाको लागि अभाव भएकाले खोज्नुपरेको रिन कसरी तिर्ने होला भन्ने पिरलो एकातिर थियो, त्यस्तै अर्कोतिर आज के खाउँ भोलि के खाउँ ? शरिरमा जाँगर नचल्दा पनि छाक टार्नको लागि काम गर्नैपर्ने बाध्यता थियो। केहि सोचिरहेको थिएँ बा आएर भन्नुभयो ‘घरको स्थिति यस्तो छ अब ऋण तिर्नेकि साँझलाई खानको लागि जुटाउने? के सोचिरहेको छस?’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।