ताजा अपडेट »

टिपिएल अपडेट : मणिग्राम र तिनाउ विजयी

मंगलबार, २८ असोज २०७६, १८ : ३३
8 Shares


असोज २८,

ग्लोबल आवाज
बुटवल । प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको आज सम्पन्न खेलमा मणिग्राम किङ्गस र तिनाउ टाइटन्स् बिजयी भएका छन् । प्रतियोगिताको आज सम्पन्न पहिलो खेलमा तिनाउ टाइटन्स्ले लुम्बिनी शाक्यान्लाई ७ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ्ग गरेको लुम्बिनी शाक्यान्ले १ सय ३ रनको योगफल तयार गरेको थियो । १ सय ४ रनको बिजय लक्ष्य सहित ब्याटिङ्गमा उत्रेको तिनाउको जितका लागि रोशन थामीले ३३ र अजय कोसिल्याले ३८ रनको योदान गरेका थिए । शाक्यान्लाई झिनो रनमा रोक्ने क्रममा तिनाउका सुदन श्रेष्ठ र संदिप जोराले २/२ विकेट लिएकाथिए ।

प्रतियोगितामा तिनाउ टाइटन्स्का संदिप जोराले म्यानअफ द म्याच म्याच भए भने तिनाउकै अजय कौसल्या मष्ट भ्यालुएवल प्लेयर बने । प्रतियोगिता अन्तर्गत आजै सम्पन्न दोस्रो खेलमा मणिग्राम किङ्गस ४ रनको झिनो अन्तरले विजयी भएको छ । मणिग्राम किंङ्गसले दिएको १ सय ३३ रनको लक्ष्य पच्छाएको पाल्पाली लिजेण्ड १ सय २८ रनमा समेटिए पछि मणिग्राम किङ्गसको जित सुनिष्चित भएको हो । मणिग्राम किङ्गसका लागि सुनिल भण्डारीले नटआउट ६८ रनको योगदान गरेका थिए । पाल्पाली लिजेन्डसलाई पराजित गर्नका लागि मणिग्रामका कृष्ण कार्कीले ४ ओभर बलिङ्ग गर्दै १२ रन खर्चेर ४ विकेट लिएका थिए ।

प्रतियोगितामा मणिग्रामका कृष्ण कार्की म्यान अफ द म्याच बने भने सुनिल भण्डारी मष्टभ्यालुएबल प्लेयर भए । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु सम्मिलित १० टिमले सहभागिता जनाएकाछन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदान नयाँमिल–१० नम्बरमा जारी प्रतियोगितामा विजेता हुने टिमले उपाधि सहित नगद ४ लाख प्राप्त गर्नेछ भने उपबिजेताले नगद २ लाख प्राप्त गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलि बुधबार रुपन्देही पल्टन्स र ज्ञानोदय गोल्डस् बीच पहिलो र पाल्पाली लिजेन्डस् र रोयल शंकरनगर बीच दोस्रो खेल हुने प्रतियोगिताका संयोजक दिपक भुर्तेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।