ताजा अपडेट »

‘सूर्यवंशी’बाट उत्साहित क्यूएफएक्सलाई अर्को चलचित्र ‘अन्तिम’बाट पनि अपेक्षा

विहीबार, ०९ मंसिर २०७८, १७ : २२
4 Shares

बुटवल । कोरोना महामारीका कारण २ वर्षदेखि ठप्प रहेका सिनेमा हल अहिले सञ्चालनमा आए पनि पुरानो लयमा फर्किन सकेका छैनन्। हल खुलेसँगै हिन्दी फिल्मको प्रदर्शन थालिएपनि नेपाली फिल्मले प्रदर्शन थालेका छैनन् ।

लामोसमय गतिविधि शून्य भएपछि अन्यौलमा रहेका कलाकार, निर्माता तथा सिनेमा हलका सञ्चालकहरुमा पछिल्लो समय हिन्दी फिल्म ‘सूर्यवंशी’ ले पाएको हाउसफूल दर्शकले आशा पलाएको बताउने गरेका छन् । रुपन्देहीको बुटवलमा रहेको क्यूएफएक्सले सिङ्गल स्क्रिनमा हिन्दी फिल्म ‘सूर्यवंशी’ मा दर्शकको राम्रौ साथ पाउन सफल भएको छ ।

‘लामो सयमसम्म सिनेमा हल पूर्ण रुपमा बन्द रहेको अवस्थामा धेरै दर्शकको साथ होला भन्ने लागेको थिएन् ।’ क्यूएफएक्स बुटवलका म्यानेजर महेश गिरीले भने ‘सुरुमा नै दर्शकको साथ पाउँदा नेपाली फिल्मी बजार पुरानौ अवस्थामा छिट्टै फर्किने आशा छ ।’ यस्तै बिहीबारदेखि प्रदर्शनमा आएको अभिनेता जोन अब्राहमद्वारा अभिनित ’सत्यमेव जयते’ लाई पनि दर्शकले मन पराएको क्यूएफएक्स नेपालका म्यानेजर शुशील मानधरले बताए ।

शुक्रबारबाट सलमान खानद्वारा अभिनित ’अन्तिम’ ले पनि राम्रौ दर्शकको साथ पाउने अपेक्षा रहेको मानन्धरले बताए ।‘दर्शकहरु दिनप्रति दिन बढ्दै जानु भएको छ । ‘सूर्यवंशी’ ले जस्तै ’सत्यमेव जयते’ र ‘अन्तिम’ लाई दर्शकहरुले मन पराउनु हुने आशा छ ।’–उनले भने ।

‘सूर्यवंशी’ लाई दर्शकहरुले धेरै मन पराएकाले दर्शकले मन पराउनसम्म प्रर्दशन भइरहने म्यानेजर मानधरले बताए । ‘५ तारिकबाट क्यूएफएक्समा ‘सूर्यवंशी’ प्रर्दशनमा आएको होे । दर्शकले अहिलेसम्म पनि उत्तिकै मन पराउनु भएको छ । यसकारण यो फिल्म दर्शकले मन पराउनसम्म चलाउँछौँ ।’–उनले भने।

दर्शकलाई फिल्म हलमा ल्याउन निरन्तरता दिनका लागि हिन्दी चलचित्र अन्तिमबाट पनि साथ हुने फिल्म हलावालाको विश्वास रहेको छ । उक्त चलचित्र नेपालमा भोलि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।